काठमाडौं– सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले संसदीय समितिले दिने गरेको निर्देशनप्रति असन्तुष्टि जनाएका छन्।
मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने– 'संसदीय समितिहरुले दिने निर्देशन विषयको गहिराईमा गएर दिनुपर्छ। होहल्लामा यत्तिकै भाषा पनि जे पायो त्यही प्रयोग गरेर निर्देशन दिनु त्यति राम्रो होइन। मलाई त्यस्तो लाग्छ।'
केही दिनअघि संसदको अन्तर्राष्ट्रिय समितिले आइफा अवार्ड नेपालमा रोक्न निर्देशन दिएको थियो।
'आइफा भनेको धेरै देशमा भइसकेको छ। त्यो एउटा इभेन्ट प्रश्न हो। त्यसमा नेपाल सरकारले यति नै पैसा दिन्छु भनेको थिएन। सैद्धान्तिक स्वीकृतिको अर्थ हामी छलफल गर्न तयार छौं भन्ने हुन्छ', उनले भने।
उनले सरकारले सैद्धान्तिक सहमति दिए पनि सम्झौता भने नभएको बताए।
यो पनि पढ्नुहोस्ः
दुई तिहाइको सरकार सिमलको भुवा होइन : प्रवक्ता बाँस्कोटा
यी हुन् मन्त्रीपरिषद् बैठकका १५ निर्णय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।