काठमाडौं- प्रतिनिधिसभा सदस्यले १० महिनादेखि सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) नपाएको गुनासो गरेका छन्।
बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा स्मार्ट लाइसेन्सको छ्पाइमा भएको ढिलासुस्ती, विद्युतीय सवारीसाधन सञ्चालनको अवस्था तथा शारीरिक रुपमा फरक क्षमता भएका बहिराहरुलाई सवारी चालक अनुमति पत्र दिने विषयमा छलफलका क्रममा सांसदहरुले गस्तो गुनासो गरेका हुन्।
छलफलका क्रममा राप्रपा सांसद राजेन्द्र लिङ्देनले आफूले ६ महिना अघि परीक्षा दिए पनि लाइसेन्स नपाएको गुनासो गरे। 'म सांसदका रुपमा गएर केही समयमै लाइसेन्स बनाएर ल्याउन सक्थें। तर, मैले त्यसो गरिन। एक सर्वसाधारणका रुपमै लाइसेन्स लिन चाहे। तर, ६ महिना भयो पाएको छैन,' उनको गुनासो छ।
लिङ्देलले यस्तो धारणा राखे लगत्तै अर्का सांसद बहादुर सिङ लामाले आफूले १० महिनादेखि स्मार्ट लाइसेन्स नपाएको बताए। 'मलाई ६ महिना भित्रै लाइसेन्स आउँछ भनिएको थियो। तर, १० महिना १० दिन बितिसक्दासम्म पनि आएन,' लामाले भने।
यातायात व्यवस्था विभागले भने अबको ३ महिनाभित्र सबै स्मार्ट कार्ड छपाइको काम सकिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।