मुम्बई- मुम्बई बिहीबार आगलागी हुँदा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ।
मुम्बईको अँधेरी भनिने पूर्वी नगरमा रहेको एक आवासीय भवनको चौथो तल्लामा बिहीबार बिहान आगो लागेको हो। मृत्यु हुने चार व्यक्तिमध्ये १० र १४ वर्षका दुई बालबालिका रहेको जनाइएको छ।
आगलागीमा परी घाइते भएका पाँच जनाको उपचार भइरहेको मुम्बईको प्रकोप व्यवस्थापन विभागका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई बताएका छन्।
मुम्बईमा गत डिसेम्बर २९ मा पनि बजार र रेस्टुरेन्टमा भएको लागलागीमा परी १४ जनाको मृत्यु भएको थियो। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।