• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्ने २४ वर्षदेखिको योजना कसरी पर्‍यो अलपत्र?

64x64
नेपाल लाइभ बिहीबार, असार १९, २०७६  १३:३५
1140x725

बन्चरेडाँडा, नुवाकोट– २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा स्थानीय विकासमन्त्री थिए, कांग्रेस नेता रामचन्द्र पौडेल। काठमाडौंको फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि जनआन्दोलनपश्चात् बनेको यो सरकारले पहलकदमी थाल्यो।

त्यतिन्जेल काठमाडौंकै मुलपानीमा फोहोर फालिँदै आएको थियो। तर, स्थानीयले अवरोध गर्न थालेपछि महानगरले पत्रिकामार्फत नयाँ ठाँउका लागि विज्ञापन प्रकाशित गरेको थियो। फोहोर फाल्नकै लागि बने जस्तै खोँच भएकाले स्थानीयले नुवाकोटको बन्चरेडाँडा उपयुक्त हुने ठहर गरी प्रशासनमा निवेदन दिए। 

फोहोरको व्यवस्थापनका लागि स्थान पहिचान गर्न त्यसबेलाका स्थानीय विकासमन्त्री रामचन्द्र पौडेल काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर पिएल सिंहसँग हेलिकोप्टरमार्फत बन्चरेडाँडा पुगे। स्थानीयलाई रोजगार, जग्गाको उचित मुआब्जा, फोहोर विसर्जन गरिने स्थानसम्म बाटो र स्थानीयलाई फोहोरबाट नकारात्मक असर नहुने गरी उचित व्यवस्थापन गरिने प्रतिबद्धता जनाएर फर्किए। 

चारैतिरबाट डाँडाले घेरिएको खोँच नै फोहोर व्यवस्थास्थानको उपयुक्त स्थान ठहर गरियो। २०५२ सालमा पौडेल र सिंह बन्चरेडाँडा पुगेर स्थानको पहिचान गरे पनि त्यसयता योजनाले मूर्त रुप लिन सकेन। कुनै काम अघि बढेन।

बन्चरेडाँडाबाट एक किलोमिटरको दुरीमा पर्छ सिसडोल। हाल फोहोर फालिँदै आएको सिसडोललाई आलेटार पनि भनिन्छ।

सिसडोलमा मल कम्पनी बनाउने भनी एक निजी कम्पनी (लुना) ले सम्झौता गरेको थियो। जग्गा अधिग्रहण पनि सोही कम्पनीले गर्‍यो। तर, अधिग्रहणपछि कम्पनीले काम नै सुचारु गरेन। पछि काठमाडौं महानगरलाई उक्त कम्पनीले जग्गा सुम्पियो। तत्कालीन बेलाको स्मरण गर्दै ककनी गाउँपालिका-२ का वडाध्यक्ष कुमार पौडेल भन्छन्, ‘फोहोर फाल्न जग्गा दिइएकै होइन। लुना कम्पनीले बिचौलियाको काम गर्‍यो।’ 

आवश्यक भौतिक पूर्वाधार बन्चरेडाँडामा नबन्नु तथा फराकिलो स्थान सहितको सिसडोल प्राप्त भएपछि महानगरले त्यसै स्थानमा अस्थायी विकल्प रोज्यो। बन्चरेडाँडाको कुरै उठ्न छाड्यो।
 
तत्कालीन समयमा २ वर्षका लागि सहमति गरिएको सिसडोलमा त्यसयता निरन्तर फोहोर विसर्जन भने जारी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बन्चरेडाँडा : बाटो बनाउन सम्झौता
२४ वर्ष अघि स्थान तय गरिएको बन्चरेडाँडामा कच्ची सडक पुगे पनि अन्य भौतिक संरचना तयार हुन सकेको छैन। अर्कोतर्फ काठमाडौं महानगर र स्थानीयबीच २ वर्षका लागि सहमति भएको सिसडोल अब फोहोर धान्न नसक्ने अवस्थामा पुगेको छ। उता फोहोर विसर्जनका लागि उपयुक्त बन्चरेडाँडामा पूर्वाधार बन्न सकेको छैन। क्षमता नै नभएको सिसडोलमा फोहोर फालिरहँदा स्थानीय रुष्ट छन्।

दीर्घकालीन सेनेटरी ल्यान्ड साइट बनाउने गरी बन्चरेडाँडामा २०५८ मा स्थानीयको जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिसकिएको थियो। जग्गा अधिग्रहण गर्ने क्रममा वरपरका २५ घरलाई अन्यत्र सारियो। मुआब्जाका लागि खेतको प्रति रोपनी ८ लाख र बारीलाई ७ लाख रकम निर्धारण गरिएको थियो। मुआब्जाका लागि ७२ करोड रुपैयाँ वितरण गरिएको थियो। १७ सय रोपनी सरकारी जग्गामा स्थानीयको थप ७ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

तर, यहाँ फोहोर फाल्नका लागि ट्रक पुग्ने स्थानसम्मको बाटो निर्माण कार्य अलपत्र छ। धादिङको सिमानामा रहेको बञ्चरेको स्यानेटरी ल्यान्डफिल साइटमा फोहोर फाल्ने बाटो बनाउन यसै वर्षको बैसाख २२ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एक वर्षमा सडक निर्माण सम्पन्न गर्ने गरी ३४ करोड ६८ लाख ७४ हजार लागतमा लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीलाई जिम्मेवारी दिइएको छ। सडक विभागमार्फत उक्त ठेकेदार कम्पनीले बाटो निर्माणको ठेक्का पाएको हो। ककनी गाउँपालिका-२ का अध्यक्ष कुमार पौडेलले भने, ‘एक वर्षमा काम सक्ने गरी ठेक्का लगाइएको छ। ५ वर्षमा पनि सक्ने देखिँदैन। एउटा डोजर लगेर हल्लाइरहेको छ।’ 

स्थलगत रिपोर्टिङका लागि नेपाल लाइभ टोली बन्चरेडाँडा पुग्दा ठेकेदार कम्पनीले कार्य सुचारु राखेको थिएन। कार्यको बारेमा बुझ्न प्रयास गर्दा कम्पनी प्रतिनिधिले फोन उठाएनन्।

बन्चरेडाँडामा फोहोर विसर्जन गर्न कति समय पर्खने भन्नेमा महानगर नै अस्पष्ट छ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘सडक डिभिजनको जिम्मेवारीमा रहेको बाटो नबनेसम्म अरु प्रक्रिया सुरु गर्न सकिँदैन।’

विवादरहित स्थानमा फोहोर डम्पिङका लागि तदारुकता नदेखाएको प्रति स्थानीय आन्दोलित हुँदै आएका छन्। सिसडोलका स्थानीय शमशेर भुजेल क्षेत्री भन्छन्, ‘सिसडोलले फोहोर धान्न अब सक्दैन। बन्चरेडाँडामा फोहोर नफाले सरकारले जहाँ लगेर फाल्ने हो, त्यहीँ लगोस्।’ पटकपटक सम्झौता गरी स्थानीयलाई झुक्काइरहेको उनले दुखेसको पोखे।

सम्बन्धित

सिसडोलवासीको प्रश्न : काठमाडौंलाई फोहोरको दुर्गन्ध हुने, हामीलाई नहुने?

सिसडोलबासीसँगको सहमतिपछि काठमाडौंको फोहोर उठ्न थाल्यो [फोटो फिचर

(तस्बिर : निमेष जंग राई/नेपाल लाइभ)

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्