नयाँ दिल्ली (एजेन्सी)- धारावाहिक सिरियल 'रामायण' मा सीताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलियालाई टिभीमा देखेपछि मानिसहरुले उनलाई सीता माताको रुपमा पुज्न थालेका थिए। उनको जीवन्त अभिनयबाट प्रभावित प्रशंसकहरुका लागि सुखद खबर छ। करिब २३ वर्षपछि दीपिका ठूलो पर्दामा आउँदै छिन्।
मिडिया रिपोर्टका अनुसार, उनी 'गालिब' नामक फिल्ममा आतंकवादी अफजल गुरुकी पत्नीको भूमिकामा देखिँदै छिन्। फिल्मको सुटिङ उत्तर प्रदेशको इलाहाबाद र वाराणसी शहरमा हुँदै छ। फिल्ममा गालिबकी आमा 'तबस्सुम' को चरित्रमा उनलाई देख्न पाइनेछ।
रामानन्द सागरको 'रामायण' मा सीताको भूमिका यति स्वाभाविक थियो, टिभीमा हेर्ने दर्शकलाई आज पनि दीपिकाको अनुहार याद छ। यद्यपि लामो अन्तरालपछि स्क्रिनमा फर्किन लागेकी उनी केही फरक स्वरुपमा देखिँदै छिन्।
मिडियामा आएका खबरहरुको अनुसार 'गालिब' फिल्म आतंकवादी अफजल गुरुका छोरा गालिबमाथि बन्न लागेको हो। फिल्मको पहिलो सेड्यूलको सुटिङ भइसकेको छ।
रामायणकी सीता टिभीबाट टाढिएको करिब २० वर्षपछि क्यामेरासामु आउँदै छिन्। यति मात्र होइन, उनले सन् १९८९ मा 'घर का चिराग' र १९९१ मा 'रुपए १० करोड' मा पनि अभिनय गरेकी थिइन्। पछिल्लो समय भने उनी पारिवारिक जीवनमा सीमित हुँदै आएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।