काठमाडौं– फिल्म ‘राज्जा रानी’को बुधवार प्रिमियर गरिएको छ । प्रिमियर शो हेर्न एमाले नेता लालबाबु पण्डित दरवारमार्गस्थित राइजिङ मल पुगेका छन्। अभिनेता विएस राणा, चर्चित अभिनेत्रीहरु गौरी मल्ललगायत पनि फिल्म हेर्न हल पुगेका छन्।
दुई भाषामा बनेको फिल्मको विहीबार राम जानकी सिनेमा हल, रामानन्द चौक, जनकपुरधाममा मैथिली भाषाको प्रिमियर हुँदैछ। कलाकारहरु नाजिर हुसेन, केकी अधिकारी, कामेश्वर चौरसियाको मुख्य भूमिका रहेको फिल्म शुक्रवारदेखि देशभरका फिल्म हलमा प्रदर्शन हुँदैछ ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।