काठमाडौं– पहिलो मिस सिन्धुलीको उपाधि सेन्जल श्रेष्ठले जितेकी छन्। ग्ल्यामरस नेपालले पहिलो पटक आयोजना गरेको मिस सिन्धुली प्रतिस्पर्धामा इशा श्रेष्ठ फस्ट रनरअप, सेकेन्ड रनरअपमा आस्थाकिरण मगर र थर्ड रनरअप सोनु महत भएका छन्।
पहिलो मिस सिन्धुलीको उपाधि तिजेकी सेन्जल सिन्धुली क्याम्पसकी विविएस अध्ययनरत छिन्। उनको बैंकर बन्ने लक्ष्य छ।
प्रतियोगितामा सवटाइटलतर्फ बेस्ट ट्यालेन्ट अवार्ड आस्थाकिरण मगर, बेस्ट पफमेन्स सोनु महत, बेस्ट डिसिप्लेन सुष्मा तामाङ, बेस्ट प्रर्सनालिटी अवार्ड आर्जु पाण्डे, मस्ट कन्फिडेन्ट, ब्युटिफुल स्माइल, अडियन्स च्वाइस आवार्ड सृष्टि स्याङ्बा, बेस्ट फ्रेन्डसीप÷मस्ट ग्ल्यामरस अवार्ड अनुसा श्रेष्ठ, बेस्ट फोटोजेनिक÷ब्युटिफुल वाक सेन्जल श्रेष्ठ, ब्युटिफुल फिगर÷ब्युटिफुल स्कीन इशा श्रेष्ठ र ब्युटिफुल हेयर सुजिता लोक्चानले जितेका छन्।
प्रतियोगितामा पत्रकारहरू लीलानाथ घिमिरे, दिपक श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायिका प्रशन्ना पाण्डे र जेसिआइ सिनेटर सुशिलबाबु श्रेष्ठ निर्णायक थिए । मिस सिन्धुली बिजेता सेन्जेलले मिस नेपालमा सहभागीता जनाउन पाउने छिन् । बिजेता उपबिजेता प्रतिस्पर्धीले विभिन्न आकर्षक गिफ्टह्याम्परहरु दिइएको आयोजक ग्ल्यामरस नेपालका प्रबन्ध निर्देशक आशिम ज्वयल श्रेष्ठले बताए।
कार्यक्रममा गायक आनन्द कार्की र गायिका प्रसन्ना पाण्डेले गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।