मस्कट, ओमन- नेपालमा लगानीका सम्भावनाबारे ओमानमा छलफल भएको छलफल भएको छ।
सोमबार मस्कटस्थित नेपाली दूतावासले उक्त छलफल कार्यक्रमको आयोजना गरेको हो। ‘नेपालमा लगानीको सम्भावना’ विषयक कार्यक्रममा ओमानको उद्योग मन्त्रालयका सचिव अहमद बिन हसन अलदिबले प्रमुख आतिथ्यता गरेका थिए।
त्यस्तै कार्यक्रममा ओमानका लागि नेपालका राजदूत शर्मिला पराजुली ढकाल, त्यहाँको विदेश मन्त्रालयका दक्षिण एसिया विभागका प्रमुख हिलाल मारोन अल मामारी, ओमान चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका प्रमुख कार्यकारी अधिकृुत (सिइओ) अब्दुल अधैम अल बाहराइनीको उपस्थिति थियो।
कार्याक्रममा गत २९–३० मार्चमा काठमाडौंमा आयोजित ‘नेपाल इन्भेष्टमेन्ट समिट २०१९’ मा नेपालका प्रधानमन्त्री लगायत अन्य देशका वक्ताहरुको सम्बोधनलाई भिडियोमार्फत् प्रस्तुत गरिएको थियो।

राजदूत ढकाले ‘संमृद्ध नेपाल : सुखी नेपाली’को उद्देश्य पूरा गर्न नेपालमा लगानीको महत्व रहेको बताएकी थिइन्।
कृषि, ऊर्जा, आधारभूत संरचना, शिक्षा, औद्योगिक संरचना, सहरी आधारभूत संरचना, यातायात लगायतका क्षेत्रमा लगानी गर्न सकिने उनले बताएकी थिइन्।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिसहित करिब ५५ जनाको सहभागिता रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।