काठमाडौं- ग्रामीण भेगको कथावस्तुमा बनाइएको फिल्म 'स्वर्ग मेरो गाउँ'को ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरमा नायक नरेन खड्का गाउँले युवकको भूमिकामा देखिएका छन्। रामकृष्ण बजगाईँले निर्माण तथा निर्देशन गरेको फिल्ममा नरेनका साथै बजगाईं, भावना गुरुङ, साक्षी लम्साल, सुजाता थापा, अष्ट महर्जन लगायतका कलाकारको अभिनय रहेको छ।
ट्रेलरमा पछिल्लो पुस्तामा बढ्दै गएको शहरमोहलाई गलत ठहर्याउँदै गाउँ नै स्वर्ग हो भनेर साबित गर्न प्रयास गरिएको छ।
सुनिता बराल बजगाईंको लेखनमा रहेको फिल्म माघ १२ गते देशभर रिलिज हुँदै छ।
पवन गौतमले छायांकन गरेको तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्ममा गोविन्द राईले कोरियोग्राफी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।