काठमाडौं- केपी ओली शर्मा दोस्रो पटक प्रधानमन्त्री भएको १६ महिना पूरा भएको छ। ओलीलाई २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।
ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न तत्कालीन एमाले र माओवादी केन्द्रले राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए। प्रधानमन्त्री ओलीले शपथ ग्रहण लगत्तै भनेका थिए, 'म पनि भष्ट्राचार गर्दिन, भष्ट्रचारीको अनुहार पनि हर्ने नपरोस्।'
यो भनाइ अहिलेसम्म पनि प्रधानमन्त्रीले ओलीले बारम्बार दोहोर्याइरहेका छन्। प्रधानमन्त्रीले आर्थिक सुशासनका लागि कुनै कमी आउने नदिने दाबी गरेका थिए। त्यो दाबी अझसम्म पनि कम हुन थालेको छैन।
तर, प्रधानमन्त्री ओलीले भष्ट्रचारीलाई कारबाही गर्नुको सट्टा प्रश्रय दिएको भन्दै विरोधको भोल्युम झन् चर्को हुँदै आएको छ।
ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि उनको सरकारले भ्रमणमा मात्रै राज्य कोषबाट ३० करोड ६७ लाख ३५ हजार २६ रुपैयाँ खर्च भइसकेको छ। यो रकम ओली सरकार निर्माण भएको एक महिनापछि २०७४ चैतदेखि २०७६ जेठसम्म भएका भ्रमणमा अर्थ मन्त्रालयले गरेको निकासा हो।
यस बाहेक पनि केपी ओली सरकार निर्माण भएको केही दिनपछि मात्रै २०७४ फागुनमै अर्थ मन्त्रालयले भ्रमण शीर्षकमा १ करोड २२ लाख २९ हजार ८ सय २९ रुपैयाँ निकासा गरेको थियो। यो सबै रकम जम्मा गर्दा केपी ओली सरकार गठन भएको १६ महिनामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, आयोगका पदाधिकारी, सचिव, मन्त्रालयका कर्मचारी, नियोगका नेपाल प्रतिनिधिले गरेको भ्रमण शीर्षकमा अर्थ मन्त्रालयले कुल ३१ करोड ८९ लाख ६४ हजार ८ सय ५५ रुपैयाँ निकासा गरेको छ।
कुन महिना कति?

कुन महिना कसको भ्रमणमा कति निकासा
२०७६ जेठ
अर्थ मन्त्रालयले २०७६ जेठमा ५ करोड ५१ लाख रुपैयाँ सरकारी भ्रमणमा खर्च भएको उल्लेख गरेको छ। २०७६ वैशाख ११ गते नेपाल वायुसेवा निगमको जहाज चार्टर गरी राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने चीन भ्रमण गएकी थिइन्। राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा सरकारी उच्चपदस्थ कर्मचारीदेखि निजी क्षेत्रका व्यवसायीसमेत सहभागी थिए।

चीन भ्रमणमा राष्ट्रपति भण्डारीको टोलीले गरेको खर्च मात्रै ३ करोड ९ लाख ५५ हजार रुपैयाँभन्दा बढी छ। राष्ट्रपति भण्डारीको भ्रमणमा भएको खर्च अर्थ मन्त्रालयले वर्ष जेठमा निकासा गरेको छ।
यसैगरी, बैशाख २६ गतेदेखि ७ दिनको भियतनाम र कम्बोडिया भ्रमणमा गएको प्रधानमन्त्रीको टालीले २ करोड १२ लाख ८५ हजार रुपैयाँ खर्च गरेका छन्।

जेठ महिनामै राष्ट्रिय सूचना आयोगका आयुक्त कुमार पोखरेल र यसोदा देवीको दक्षिण अफ्रिका भ्रमणमा ८ लाख ५१ हजार ३ सय ५० रुपैयाँ खर्च भएको देखिएको छ। खर्च रकम पनि अर्थ मन्त्रालयले जेठ महिनामै निकासा गरेको छ।
जेठ महिनामा नै मुख्यसचिवसहित ४ जनाको टोलीले इजिप्ट र इजरायल भ्रमणमा गरेको १३ लाख ५६ हजार, वनमन्त्रीको दोहा भ्रमणमा ७ लाख ४ हजारभन्दा बढी गरी अर्थ मन्त्रालयले जेठ महिनामा मात्रै ५ करोड ५१ लाख ५२ हजार ६ सय २७ रुपैयाँ विभिन्न मन्त्रालयको नाममा निकासा गरेको हो।
२०७६ बैशाख
अर्थ मन्त्रालयले २०७६ बैशाखमा कुल २ करोड ७५ लाख २६ हजार ५ सय २२ रपैयाँ विभिन्न व्यक्तिको भ्रमण टोलीमा भएको खर्चको नाममा रकम निकासा गरेको छ। यसमा निम्न व्यक्तिको भ्रमणका नाममा निम्नलिखित रकम खर्च भएको देखिन्छ।
- रक्षामन्त्रीको टोलीले न्युयोर्क भ्रमणमा गरेको खर्च ९ लाख ५५ हजार २ सय ४५ रुपैयाँ।
- नेपाल कानुन आयोगमा अध्यक्ष माधव पौडेलसहतिको ३ सदस्यीय टोलीको जिम्बाबे भ्रमणमा १० लाख ८० हजार ४ सय ३२ रुपैयाँ
- उद्योगमन्त्री मातृका यादवसहतिको दुई सदस्य टोलीले दुबई र बराइन भ्रमणमा गरेको खर्च ८ लाख ३८ हजार ९ सय ८ रुपैयाँ
- कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसहित दुई सदस्यीय टोलीले न्युयोर्क भ्रमणमा गरेको खर्च १३ लाख ९१ हजार ४ सय ६० रुपैयाँ
- विभिन्न कार्यक्रममा सहभागी हुन विदेश भ्रमण गएका पदाधिकारीको नाममा अर्थ मन्त्रालयको भ्रमण शीर्षक ५३ लाख ७८ हजार ८ सय ५६
- उद्योगमन्त्री सहितको चीन भ्रमण टोलीको भ्रमण शीर्षकमा ५ लाख ३९ हजार १ सय ५६ रुपैयाँ।
- संयुक्त राष्ट्रसंघको दोस्रो उच्चस्तरीय भ्रमणमा परराष्ट्रमन्त्री सहितको भ्रमण टोलीले गरेको खर्च १८ लाख ७० हजार ३ सय ९० रुपैयाँ।
- संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण टोलीको लागि १ करोड ६२ लाख १५ हजार ३ सय ४४ रुपैयाँ
- खेलकुदमन्त्री सहितको न्युयोर्क भ्रमण टोलीले गरेको खर्च ६ लाख ४८ हजार १ सय ९१ रुपैयाँ
२०७५ चैत
२०७५ चैतमा अर्थ मन्त्रालयले विभिन्न भ्रमण शीर्षकमा कुल ८२ लाख ७२ हजार ४ सय ९ रुपैयाँ रकम निकासा गरेको छ।
- वर्ल्ड हेल्थ अर्गनाइजेसनको ७१औं क्षेत्रीय सम्मेलनमा सहभागी डाक्टर विकास देवकोटाको भ्रमणमा खर्च भएको १ लाख ३७ हजार ८ सय ३७ रुपैयाँ
- मानव अधिकार परिषद्को ४०औं सम्मेलनमा सहभागी परराष्ट्रमन्त्रीको भ्रमण टोलीले खर्च शीर्षकमा ४४ लाख ४१ हजार ७ सय ६७ रुपैयाँ
- ग्लोबल हेल्थ डिजिटल पार्टनरसिप सम्मेलनका लागि भारत भ्रमणमा गएको स्वास्थ्यमन्त्रीको टोलीले गरेको खर्च २ लाख १ हजार ७ सय २ रुपैयाँ
- सञ्चारमन्त्रीको स्पेन भ्रमण टोलीको खर्च २६ लाख १० हजार ९ सय ८४ रुपैयाँ
- कृषि राज्यमन्त्रीको भ्रमण टोलीले इटाली जाँदा गरेको खर्च ८ लाख ८० हजार १ सय १९ रुपैयाँ
२०७५ फागुन
२०७५ फागुन महिनामा सरकारी कोषबाट भुक्तानी हुने १ करोड ९५ लाख ८३ हजार ६ सय ३८ रुपैयाँ बराबरका भ्रमण भएका छन्।
- उद्योगमन्त्रीको भारत भ्रमणमा २ लाख ६६ हजार ६ सय ५१ रुपैयाँ खर्च भएको
- स्वर्गीय पर्यटनमन्त्रीको भारत भ्रमण खर्च शीर्षकमा २लाख ६१ हजार ८ सय ९७ रुपैयाँ
- प्रधानमन्त्रीको सहभागी विश्व आर्थिक मञ्चको डाभोस सम्मेलनमा १ करोड ८१ लाख ३५ हजार ७ सय २६ रुपैयाँ
- कृषिमन्त्री चक्रपाणि खनालको इटली भ्रमणमा भएको खर्च ९ लाख १९ हजार ३ सय ६४ रुपैयाँ
माघ
२०७५ माघ महिनामा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयको नाममा भ्रमण शीर्षकमा ७३ लाख २७ हजार ८० रुपैयाँ निकासा गरेको छ।
- ¬परराष्ट्रमन्त्रीको अमेरिका भ्रमणमा २६ लाख ४१हजार ८ सय २८ रुपैयाँ
- पराराष्ट्र मन्त्रालयका विभिन्न पदाधिकारीको भ्रमण खर्च शिर्षकमा ३७ लाख ५ हजार ९ सय ३१ रुपैयाँ
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको यूएई भ्रमण शीर्षकमा ५ लाख ५६ हजार २ सय ८० रुपैयाँ
- युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको भारत भ्रमण शिर्षकमा १ लाख ८० हजार ६ सय ८० रुपैयाँ
- उद्योगमन्त्री मातृका यादवको भारत भ्रमण शिर्षकमा २ लाख ४२ हजार ३ सय ६१ रुपैयाँ
पुस
२०७५ पुसमा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयको भ्रमण खर्च शीर्षकमा कुल ७ करोड २१ लाख ५८ हजार २ सय ६० रुपैयाँ निकासा गरेको छ।
- वन तथा वातावरणमन्त्रीको बेलायत भ्रमण खर्च शीर्षकमा ३ लाख १६ हजार ८ रुपैयाँ
- राष्ट्रपतिको पोल्यान्ड भ्रमण खर्च शिर्षकमा २ करोड १ लाख ४२ हजार ६ सय ६५रुपैयाँ
- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भियतनाम भ्रमण शिर्षकमा ४१ लाख २९ हजार ५ सय २४ रुपैयाँ
- सञ्चार तथा सूचना प्रवधिमन्त्री गोकुल बाँस्कोटासहितको टोलीको भारत, दुबई, जर्मनी र स्वीट्जरल्यान्डको भ्रमण खर्च शीर्षकमा १९ लाख २७ हजार ६ सय ६३ रुपैयाँ
- प्रधानमन्त्री केपी शर्माओली सहितको टोली युएनको ७३औं महासभा र कोस्टारिकाको औपचारिक भ्रमण खर्च शिर्षकमा ४ करोड ३७ लाख ८० हजार ९ सय ८० रुपैयाँ
- नेपाली सेनाका सहसेनानीको नेतृत्वमा रहेको २३ जनाको टोलीले कम्बोडिया भ्रमणमा गरेको खर्च शीर्षकमा १८ लाख ४१ हजार ७ सय रुपैयाँ
मंसिर
अर्थ मन्त्रालयले २०७५ मंसिर महिनामा भ्रमण खर्च शीर्षकमा २ करोड ५ लाख ८१ हजार ४ सय ५२ रुपैयाँ निकासा गरेको छ।
- राष्ट्रिय योजना आयोगमा माननीय सदस्य कृष्णप्रसाद ओलीको कोरिया भ्रमण शिर्षकमा ३ लाख ६६ हजार ६ सय १२ रुपैयाँ
- स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहित टोलीको भारत भ्रमण खर्च शीर्षकमा ४ लाख २० हजार ५ सय ३० रुपैयाँ
- डा शुशिलनाथ प्याकुरेलको अमेरिका भ्रमण खर्च शिर्षकमा २ लाख ६० हजार ७ सय ६२ रुपैयाँ
- उद्योगमन्त्री र सचिवसहितको भ्रमण टोलीले वर्ल्ड इन्भेष्टमेन्ट फोरमको भ्रमणमा जाँदाको खर्च ७ लाख ७३ हजार ८ सय ८५ रुपैयाँ
- नेपालभारत जल यातायात सम्बन्धी ७ सदस्यीय प्राविधिक टोलीको अध्ययन भ्रमण खर्च शीर्षकमा ८ लाख २३ हजार ८ सय ७४ रुपैयाँ
- राष्ट्रपतिको कतार भ्रमण खर्च शीर्षकमा १ करोड २० लाख२४ हजार ७ सय ७५ रुपैयाँ
- कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको जापान भ्रमण खर्च शिर्षकमा १३ लाख ८१ हजार ४ सय २२ रुपैयाँ
- स्वास्थ्य मन्त्रीको बेलायत भ्रमण खर्च शीर्षकमा ५ लाख ४ हजार ३ सय ११ रुपैयाँ
- स्वास्थ्य मन्त्रीको काजकिस्तान र स्वीट्जरल्यान्ड भ्रमण खर्च शिर्षकमा १३ लाख ६३ हजार २ सय ७२ रुपैयाँ
- महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीको स्वीट्जरल्यान्ड भ्रमण खर्च शीर्षकमा ११ लाख ९१ हजार १ सय २६ रुपैयाँ
- उद्योग सचिवको नेतृत्वमा वासिङटन डिसी भ्रमणमा गएको भ्रमण टोलीको भ्रमण खर्च शीर्षकमा १४ लाख ७० हजार ८ सय ८३ रुपैयाँ
कात्तिक
यसैगरी अर्थ मन्त्रालयले २०७५ को कात्तिक महिनामा कुल ५३ लाख ९७ हजार ६ सय ४३ रुपैयाँ रकम भ्रमण शिर्षकमा निकासा गरेको थियो।
- कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सहितको टोलीको फ्रान्स भ्रमण खर्च शीर्षकमा ४ लाख ८० हजार ६ सय ३३ रुपैयाँ
- उद्योग वाणिज्य तथ आपूर्ति सचिवको चीन भ्रमण खर्चमा दिइएको पकेट खर्च शिर्षकमा ३६ हजार रुपैयाँ
- विभिन्न मितिमा अर्थ मन्त्रालयबाट विभिन्न कार्यक्रममा सहभागी हुन जानेहरुहरुले गरेको भ्रमण खर्च शिर्षकमा ३५ लाख ७७ हजार रुपैयाँ
- रक्षामन्त्री इश्वर पोखरेलको चीन भ्रमण खर्च शीर्षकमा १३ लाख ४ हजार १० रुपैयाँ
भदौ
यस्तैगरी अर्थ मन्त्रालयले २०५५ भदौमा विभिन्न मन्त्रालयको भ्रमण खर्च शिर्षकमा ५ लाख ५३हजार ७ सय ५५ रुपैयाँ निकासा गरेको छ।
- प्रमुख निर्वाचन आयुक्त सहितको टोली बंगलादेश भ्रमण जाँदा पकेट खर्चका नाममा निकासा भएको १ लाख ६६ हजार ८ सय ८० रुपैयाँ
- महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको डीएफआइडीको कार्यक्रममा जाँदा ३२ हजार ९ सय ५५ रुपैयाँ
- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको टोलीको चीन भ्रमण खर्च शिर्षकमा ३ लाख ४३ हजार ९ सय २० रुपैयाँ
असार
अर्थ मन्त्रालयले २०७५ को असार महिनामा कुल ६ करोड ७६ लाख ६९ हजार १ सय ५८ रुपैयाँ भ्रमण खर्च शीर्षकमा निकासा गरेको छ।
- तत्कालीन स्वास्थ्य राज्यमन्त्रीको पद्मा अर्याल स्वीट्जरल्यान्ड (जेनेभा) भ्रमण खर्च शीर्षकमा ७ लाख १७ हजार ६ सय ५६ रुपैयाँ
- अक्टोबरमा जनेभामा भएको कार्याक्रमा सहभागी उद्योग मन्त्रालयकी अञ्जु पोखरले गरेको भ्रमण खर्च शीर्षकमा १ लाख ८२ हजार ४ सय ९१ रुपैयाँ
- खेलकुदमन्त्रीको श्रीलंका भ्रमण खर्च शिर्षकमा ६ लाख २८ हजार ९ सय २५ रुपैयाँ
- कृषि मन्त्रीको भारत भ्रमण खर्च शीर्षकमा ५ लाख ८५ हजार ८ सय ३५ रुपैयाँ
- अर्थ मन्त्रालयक कर्मचारीको विभिन्न समयको भएको भ्रमण खर्च शिर्षकमा १६ लाख १६ हजार ४ सय रुपैयाँ
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत खर्च शिर्षकमा ४ करोड ४० लाख ४६ हजार २ सय ७७ रुपैयाँ
- पाकिस्तानको प्रधानमन्त्री र भारतको विदेशमन्त्रीको नेपाल भ्रमणमा स्वागत खर्च शीर्षकमा २२ लाख ५८ हजार ६ सय १७ रुपैयाँ
- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको जनेभा भ्रमण खर्च शिर्षकमा २५ लाख १७ हजार ५ सय
- प्रधानमन्त्रीको चीन भ्रमण खर्च शिर्षकमा १ करोड ५१ लाख १५ हजार ४ सय ५७ रुपैयाँ
जेठ
जेठ महिनामा अर्थ मन्त्रालयले विभिन्न भ्रमण खर्च शिर्षकमा कुल ६५ लाख ४७ हजार ८ सय ८१ रुपैयाँ निकासा गरेको छ।
- परराष्ट्र मन्त्री र सचिवको चार देश भ्रमण खर्च शिर्षकमा ५१ लाख ३० हजार ६ सय रुपैयाँ
- कृषि मन्त्रीको इजरायल भ्रमण खर्च शिर्षकमा ९ लाख ४४ हजार ८ सय ११ रुपैयाँ
- महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको चीन भ्रमण खर्च शिर्षकमा ४ लाख ७२ हजार ४ सय रुपैयाँ
- बैशाख
- अर्थ मन्त्रालयले २०७५ को बैशाख महिनामा कुल १ करोड ३३ लाख ५० हजार ३ सय ७५ रुपैयाँ विभिन्न भ्रमण खर्च शिर्षकमा रकम निकासा गरेको छ।
- प्रधानमन्त्रीको भारत भ्रमण खर्च शिर्षकमा १ करोड ६लाख ९१ हजार १ सय ३९ रुपैयाँ
- अर्थ मन्त्रालयका कर्मचारीका विभिन्न भ्रमण खर्च शिर्षकमा २६ लाख ५९ हजार २ सय ३६
२०७४ चैत
अर्थ मन्त्रालयले शेरबहादुर देउवा सरकारकै पालामा भएको भ्रमण र मन्त्रिपरिषदको निर्णय अनुसार कुल २६ लाख १४ हजार २ सय १६ रुपैयाँ रकम भ्रमण खर्च शीर्षकमा निकासा गरेको छ।
- देउवा सरकारका खेलकुद राज्यमन्त्रीको अमेरिका भ्रमण खर्च शिर्षकमा २ लाख ९७ हजार ७ सय ९५ रुपैयाँ
- देउवा सरकारकै महिला बालबालिका तथा समाज कल्याण सचिवको स्वीट्जरल्यान्ड भ्रमण खर्च शिर्षकमा १७ लाख १३ हजार ६सय २५ रुपैयाँ
- श्रम रोजगार सचिव आइएलओको बैठकमा जाँदाको भ्रमण खर्च शीर्षकमा ६ लाख २ हजार ७ सय ९६ रुपैयाँ
फागुन
यसैगरी केपी ओली सरकार निर्माण भएकै पहिलो महिना फागुनमा देउवा सरकारको मन्त्रिपरिषदले गरेको निर्णय अनुसार अर्थ मन्त्रालयले कुल भ्रमण खर्च शीर्षकमा १ करोड २२ लाख २९ हजार ८ सय २९ रुपैयाँ निकासा भएको थियो।
- राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सहित थप एक जनाको जनेभा भ्रमण खर्च ५ लाख १२ हजार ३ सय १२ रुपैयाँ
- कृषि सचिवको सहित टोलीको इटाली भ्रमण खर्च शीर्षकमा ७ लाख ६२ हजार ९ सय ५७ रुपैयाँ
- अर्थ मन्त्रालय अन्तर्गतको राजस्व महाशाखामा कार्यरत कर्मचारीहरुको भ्रमण खर्च शीर्षकमा ५० लाख रुपैयाँ
- खेलकुद मन्त्रीको युरोप भ्रमण खर्च शिर्षकमा ८ लाख ९९ हजार रुपैयाँ
- अर्थ मन्त्रालयकै नाममा क्षमता विकासको तालिमका लागि गएका मन्त्रालयका कर्मचारीका भ्रमण खर्च शिर्षकमा ४९ लाख ५० हजार रुपैयाँ
- जनेभा स्थित नेपालको स्थायी निकायका महामहिम राजदुतको भ्रमण खर्च शिर्षकमा १ लाख ५ हजार ५ सय ६० रुपैयाँ
अर्को भागमा हामी मन्त्रीगत रुपमा भ्रमण खर्चको लेखाजोखा गर्नेछौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।