एजेन्सी– फिल्म ‘बाहुबली’बाट प्रशंसाको पात्र बनेका दक्षिण भारतीय सुपरस्टार प्रभासले बलिउड फिल्ममा काम गर्ने भएका छन्। उनले ३ वर्षअघि नै एक बलिउड फिल्ममा खेल्नका लागि सम्झौता गरिसकेका हुन्।
आफ्नो आगामी फिल्म ‘साहो’को सुटिङमा व्यस्त प्रभासले हालै मात्र एक अन्तर्वार्तामा बलिउड इन्ट्रीको विषय खुलासा गरेका हुन्। प्रभासले अन्तर्वार्तामा भनेका छन्, ‘करिब ३ वर्ष अगाडि नै मलाई एक रोमान्टिक लभ स्टोरी फिल्मको अफर आएको थियो र त्यही बेला मैले उक्त फिल्मका लागि साइन गरिसेको छु।’
प्रभासले थपेका छन्, ‘मैले हिन्दी फिल्म धेरै हेर्ने गरेको छु। म आफू पनि हैदरावादमा बस्छु र त्यहाँका करिब ६० प्रतिशत मानिस हिन्दी नै बोल्छन्। त्यसैले राम्रो मुभीको अफर आएकाले मैले साइन गरेको हुँ।’
प्रभासले आफ्नो पछिल्लो फिल्म ‘साहो’पछि उक्त बलिउड फिल्ममा काम गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।