काठमाडौं– छोटो समयमै चर्चा बुटुल्न सफल गायक सिमान्त सन्तोषको ‘दुर्गाले मुर्गा बनाई’ बोलको गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजानिक भएको छ।
लोकलयको डान्सिङ बिटमा तयार भएको गीतमा श्रीकृष्ण लुइँटेल (बोकेदाह्रीे) को शब्द तथा संगीत छ। भिडियोमा रक्षा श्रेष्ठ, श्रीकृष्ण लुइँटेल, डी गोर्खाली व्वाइज र गायक सिमान्तको अभिनय देख्न सकिन्छ।
युवराज वाइबाले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिकपछि दर्शक र स्रोताबाट सकारात्मक प्रतिक्रिया आइरहेकाले गीत र भिडियो सफल हुनेमा विश्वस्त रहेको गायक सिमान्त बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।