एजेन्सी– बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणवीर कपुरले नयाँ वर्ष २०१८ लाई श्रीलंकामा एकसाथ स्वागत गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार दिपिका आफ्नो ३२औं जन्मदिन पनि श्रीलंकमै मनाउने तयारीमा छिन्।
दिपिकाले आफ्नो जन्मदिनलाई अझ विशेष बनाउन रणवीरसँग इन्गेजमेन्ट पनि गर्न सक्ने सञ्चार माध्यमहरुले लेखेका छन्। दिपिकाको जन्मदिन जनवरी ५ मा हो।
भारतीय सञ्चार माध्यम ‘मिड डे’को समाचार अनुसार, दिपिका र रणवीरको जोडी श्रीलंकामै ‘बर्थ डे’ मनाउने योजनामा छ। एक व्यापारिक विज्ञापनको सुटिङका लागि रणवीर श्रीलंका पुगेका थए पनि पछि दिपिकाले नयाँ वर्षको पार्टीमा रणवीरलाई पनि सामेल गाराएकी थिइन्।
यो जोडीले अहिलेसम्म औपचारिक रुपमा प्रेम सम्बन्धलाई भने स्वीकार गरेका छैनन्। प्रेम सम्बन्ध स्वीकार नगरे पनि यो जोडी औपचारिक र अनौपचारिक कार्यक्रम प्रायः सँगै देखिने गरेको छ।
समाचार अनुसार केही समय अघिमात्र रणवीरले दिपिकाको परिवारसँग भेट गरेका थिए। विशेषगरी दिपिका र रणवीरको सम्बन्धलाई लिएर चर्चा हुनुको पछि दिपिकाकै अभिव्यक्तिलाई आधार बनाइएको छ। दिपिकाले केही समयअघि एक अन्तर्वार्तामा रणवीरको बारेमा भनेकी थिइन्, ‘जब हामी एकसाथ हुन्छौं, तब हामीलाई अरु कसैको पनि आवश्यकता पर्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।