काठमाडौं– अधिकांश छायांकन बेलायतमा गरिएको बिग बजेटको फिल्म ‘ह्यापी डेज’ आगामी माघ १२ बाट अल नेपाल रिलिज हुँदैछ। प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्म युनिटले प्रचार–प्रसारलाई तीव्र पारेको छ। हालै मात्र फिल्म युनिटले ह्याप्पी डेजका ८ नयाँ पोस्टर सार्वजनिक गरेको छ।
पोस्टरहरु फिल्मका मुख्य पात्रको परिचयात्मक प्रकृतिका देखिन्छन्। बेलायत, बेल्स, स्कटल्यान्ड र नेपालका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, दिया पुन लगायत कलाकारको मुख्य अभिनय छ। मिलन चाम्स निर्देशित ह्याप्पी डेजलाई लन्डन सिने आई र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण गरिएको हो।
बेलायत पुगेका नेपालीले वैधानिक रुपमा बसोबासका लागि गर्ने संर्घषको कथा बोकेको फिल्म ह्यापी डेज एक रोमान्टिक ड्रामा बेसमा बनेको फिल्म हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।