• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार १३, २०८३ Sat, Jun 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सावित्री हत्याकाण्ड : किनेको पेस्तोल फिर्ता गरेर चक्कुले हत्या

64x64
नारायण अधिकारी मंगलबार, असार १७, २०७६  १८:०९
1140x725

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीमा आइतबार बिहान ६१ वर्षीया सावित्रा भट्टराईको हत्या भयो। चक्कुले घाँटी रेटेर उनको हत्या भएको थियो। 

तर, कन्ट्रयाक्ट किलरले उनको हत्या पेस्तोलबाट गर्ने भन्दै पेस्तोल किनेको अनुसन्धानबाट खुलेको छ।

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भट्टराईकी छोरी २७ वर्षीया ईश्वरी, उनका प्रेमी सिरहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षका मोहम्मद नौसाद, भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार र भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई पक्राउ गरेको छ। 

उनीहरुको बयानबाट सावित्रीको हत्या पेस्तोलबाट गर्ने भन्दै पेस्तोल किनेको तथ्य फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

सावित्रीको हत्या गर्ने योजनासहित गत जेठ ३ गते रोजगारीका लागि दुबई गएका नौसाद असार ६ गते काठमाडौं फर्किएका थिए। त्यसपछि सावित्रीको हत्या योजना उनले आफ्ना पुराना साथी भोला कुमारलाई सुनाएका थिए। भोला काठमाडौं ढुंगेअड्डास्थित एक गार्मेन्टमा काम गर्थे।

उनले आफूले एक्लै हत्या गर्न नसक्ने बताएपछि नौसादले भारत मधुवनीमा रहेका आफ्ना फुपूका छोरा रहिशसँग सम्पर्क गरेका थिए। नौसादले १२ लाखको सुपारी दिने भएपछि रहिश र भोला हत्या गर्न तयार भएका थिए। 

त्यसपछि रहिशले भारत मधुवनीमै हत्याका लागि भन्दै पेस्तोल किन्न खाजेका थिए। १० हजार भारतीय रुपैयाँमा पेस्तोल किन्न तयार भए पनि नौसादले रकम पठाएका थिएनन्।

त्यसपछि असार १२ गते भोलालाई लिएर नौसाद आफै मधुवनी गए। १० हजार रुपैयाँमा पेस्तोल किन्न नौसाद तयार भए। ‘नौसादले पेस्तोल त किन्ने भए। तर पेस्तोल बेच्ने मान्छेसँग गोली नभएपछि किनिसकेको पेस्तोलसमेत फिर्ता भयो,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नेपाल लाइभलाई सुनाए।

nimb
nimb
Ncell 2
Ncell 2

पेस्तोल महँगो भएको र गोली पनि नभएको थाहा पाएपछि पेस्तोल फिर्ता गरेर मधुवनीबाट ७ सय भारतीय रुपैयाँमा रामपुरी चक्कु किनेको बयान उनीहरुले प्रहरीलाई दिएका छन्।

असार १२ गते भारत पुगेका उनीहरु १४ गते राति काठमाडौं आइपुगेका थिए। त्यो रात काटेश्वरस्थित गेस्ट हाउसमा बसेको उनीहरुले बताएका छन्। भारत आउन-जान र सावित्रीको हत्या गर्न ५० हजार रुपैयाँ नौसादले खर्च गरिसकेका थिए।

हत्या गरिसकेपछि फरार भएका भोला र रहिशले सुपारी बापतको १२ लाख रुपैयाँ नदिए नौसाद परिवारका सदस्यमाथि बदला लिने भन्दै उनीहरुले नौसादलाई समेत फोन गरेको पाइएको छ। ‘नौसाद पक्राउ परिसकेका थिए तर भोला र रहिश पक्राउ नपर्दा १२ लाखको सुपारी समेत नपाएको रिसमा अर्को दुर्घटना समेत हुन सक्ने सम्भावना थियो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘उनीहरु पनि बेलैमा पक्राउ परेकाले त्यो सम्भावना टर्‍यो।’

७ दिन म्याद थप, ईश्वरीको इन्कारी बयान
पक्राउ परेका चारै जना महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा छन्। उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।

सोमबार प्रहरीले ईश्वरी र नौसादलाई म्याद थपका लागि अदालत उपस्थित गराएको थियो। उनीहरुलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए। 

त्यसैगरी प्रहरीले मंगलबार आज रहिश र भोलालाई अदालत पेश गरेको थियो। उनीहरुलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको एसपी प्रधानले बताए। 

पक्राउ परेकी सावित्रीकी छोरीले भने हत्यामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएकी छिन्। तर नौसादले भने उनकै योजनामा हत्या गरिएको प्रहरी समक्ष बताएका छन्। बाँकी दुई जनाले पनि अपराध स्वीकार गरिसकेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

  • सावित्री हत्याकाण्ड : ४ वर्षीय बालकले लिए हत्याराको नाम, १२ लाख सुपारी कुरेर बसेका भारतीय कसरी समातिए?
  • सावित्री हत्याकाण्ड: आफ्नै छोरीले प्रेमीसँग मिलेर गराइन् ६१ वर्षीया आमाको हत्या

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा नेपालमा रकम भित्र्याएको आरोप छ । उनले मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिक... बिहीबार, असार ११, २०८३
गैरकानुनी रुपमा नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न समयमा नेपाल प्रवेश गरेका ती नागरिक स्थायी परिचय खुल्ने कागजात र पासपोर्टबिनै तथा म्याद... बुधबार, असार १०, २०८३
लागु औषधसहित वडासदस्य जैरू पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाक... सोमबार, असार ८, २०८३
ताजा समाचारसबै
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना शनिबार, असार १३, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग शनिबार, असार १३, २०८३
भेनेजुएला भूकम्प: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ३३ सय घाइते शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
एलपिजी प्रतिबन्ध हटायो भारतले शुक्रबार, असार १२, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्