काठमाडौं- देशभर सञ्चालनमा रहेका ९ लाख २३ हजारभन्दा बढी आर्थिक प्रतिष्ठानमध्ये ४ लाख ७२ हजारभन्दा बढी प्रतिष्ठानहरुले आफ्नो व्यवासायको कुनै पनि हिसाब किताब नराख्ने गरेको देखिएको छ।
केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको प्रथम राष्ट्रिय आर्थिक गणना-२०७५ अनुसार लेखा श्रेस्ता राखेर सञ्चालन भएका प्रतिष्ठानभन्दा लेखा श्रेस्ता नगरिकनै सञ्चालन भईरहेका प्रतिष्ठानको संख्या धेरै देखिएको हो।
मुलुकभर संचालित ९ लाख २३ हजार प्रतिष्ठानमध्ये ४ लाख २७ हजार २ सय अर्थात् ४७ दशमलव ४२ प्रतिशत प्रतिष्ठानले वर्षभरको कारोबारको लेखाजोखा तथा लेखा श्रेस्ता राख्ने गरेका छन् भने ४ लाख ७२ हजार ३ सय बढी अर्थात ५२ दशमलव ४३ प्रतिष्ठानसँग आफ्नो कारोबारको कुनै हिसाबकिताब नभएको आर्थिक गणनाको प्रतिवेदनले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।