एजेन्सी- नयाँ वर्ष २०१८ को सुरुवातसँगै बलिउड फिल्म ‘जिरो’को अफिसियल टिजर सार्वजनिक भएको छ। जसमा शाहरुख खान नयाँ अवतारमा प्रस्तुत भएका देखिन्छन्।
टिजर रेड चिल्ली इन्टरटेमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। एक मिनेटको रहेको टिजरमा शाहरुख आफ्ना फ्यानलाई चकित पार्ने लुक्समा प्रस्तुत भएका छन्। सार्वजनिक टिजरमा उनी होचो मान्छेका रुपमा कमेडी अवतारमा देखापरेका छन्।
आनन्द एल राई निर्देशित फिल्ममा शाहरुखका साथ अनुष्का शर्मा र कट्रिना कैफको पनि मुख्य अभिनय रहेको छ। फिल्म डिसेम्बर २१ देखि प्रदर्शन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।