काठमाडौं- अञ्जु पन्तको स्वर रहेको गीत 'मन हुनेको बजार सस्तो'मा स्वस्तिका सिंह र सुशान्त कार्कीले जोडी बाँधेका छन्।
सूर्य न्यौपानेले लेखेको गीतको संगीत श्रीकृष्ण बम मल्लले गरेका हुन्।
दीपक लिम्बूले गाएको 'सुसेलेर बोलाउने' गीतबाट अभिनय यात्रा सुरु गरेकी कलाकार स्वस्तिकाले आफ्नै आवाजमा समेत गीत रेकर्ड गराइसकेकी छिन्।
दिनेश सिंह ठकुरीले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाई विनोद सापकोटाले छायांकन गरेका हुन्। आशिष म्युजिक प्रालिले भिडियो चाँडै सार्वजनिक गर्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।