• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सामाजिक सुरक्षा कार्यक्रम पनि प्रधानमन्त्री मातहत लैजान सुझाव

64x64
नेपाल लाइभ आइतबार, असार १५, २०७६  २०:४१
1140x725

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको सामाजिक सुरक्षा कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लैजान सार्वजनिक खर्च पुनरावलोकन आयोगले सरकारलाई सुझाव दिएको छ। 

विभिन्न प्रशासनिक निकाय र कार्यक्रम तथा आयोजना आफू मातहत ल्याएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय शक्तिशाली बन्दै गइरहेका बेला अर्को जिम्मेवारी पनि प्रधानमन्त्री कार्यलयमै राखिनुपर्ने भन्दै आयोगले सरकारलाई सुझाव दिएको हो। 

गत वर्ष भदौ ३ गतेको मन्त्रिपरिषद् निर्णयबाट गठन भएको सार्वजनिक खर्च पुनरवलोकन आयोगले सरकारलाई चालु खर्च अन्तर्गत विभिन्न शीर्षकमा जाने सामाजिक सुरक्षा कोषसमेत प्रधानमन्त्री कार्यालयमा राखिनुपर्ने सुझाव सरकारलाई दिएको हो। 

‘सामाजिक सुरक्षाको कार्यमा केन्द्रित रहने गरी सामाजिक सुरक्षा केन्द्र स्थापना गर्ने व्यवस्था गर्नुपर्दछ। यो कार्यालयले मात्र सामाजिक सुरक्षासम्बन्धी काम गर्ने व्यवस्था गर्नुपर्दछ,' आयोगले सरकारलाई दिएको सुझावमा भनिएको छ, 'सो केन्द्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा राखी कार्यक्रमको व्यवस्थापन र सञ्चालन हुने व्यवस्था गरिनु उपयुक्त हुन्छ।' 

सार्वजनिक खर्च प्रणालीलाई मितव्ययी एवं परिणाममुखी बनाउन अध्ययन गरी प्रतिवेदन बुझाउन सरकारले आयोगलाई कार्य जिम्मेवारी दिएको थियो। 

आयोगले सामाजिक सुरक्षाका सबै कार्यक्रम सञ्चालन गर्न ‘सामाजिक सुरक्षा केन्द्र’ खोलिनु पर्ने र उक्त कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत हुनुपर्ने सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको हो। 

नेपालको संविधानको धारा ४३ ले आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका असहाय महिला, अपाङ्गता भएका बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ।

सोही व्यवस्थाअनुसार हाल विभिन्न शीर्षकमा सामाजिक सुरक्षाभत्ता तथा अनुदान रकम दिँदै आएको छ। तर, छरिएर रहेका विद्यमान सामाजिक सुरक्षाका कार्यक्रमहरू एकीकृत तवरले सञ्चालन गरिनुपर्ने र त्यसको स्वामित्व प्रधानमन्त्री कार्यालयमा हुनुपर्ने निष्कर्ष आयोगको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम छरिएरकाले कुन वर्ग वा व्यक्तिले प्राप्त गरिरहेको यकिन तथ्याङ्क उपलब्ध नभएको र सरकारको तर्फबाट समग्रमा कुन प्रयोजनको लागि यस्तो सामाजिक सुरक्षाको कार्य गर्ने भन्ने नीतिगत स्पष्टता नै नभएको समस्या रहेकाले सो समस्या निराकरण गर्न पनि सामाजिक सुरक्षा कार्यक्रमलाई केन्द्रीकृत गरिनुपर्ने आयोगको निष्कर्ष छ। 

‘एकभन्दा बढी निकायहरूको संलग्नताले एकीकृत विवरणको समन्वयको अभावमा यस्तो कार्यक्रमको प्रभावकारिता मापन गर्न सकिने अवस्था देखिंदैन,‘ प्रतिवेदनमा भनिएको छ। 

सामाजिक सुरक्षा कोष पनि प्रधानमन्त्री कार्यालय मातहत
आर्थिक वर्ष २०६५/६६ देखि स्थापना भई निष्कृय रहेको सामाजिक सुरक्षा कोष सामाजिक सुरक्षा ऐन, २०७५ आएपछि सक्रिय हुन थालेको छ। 

सरकारी सेवा तथा निजी क्षेत्रमा काम गर्ने २० लाखभन्दा बढी व्यक्तिहरूको आम्दानीबाट सामाजिक सुरक्षा करको रूपमा एक प्रतिशत रकम उठाईँदै आएको छ। हालसम्ममा उक्त कोषमा साढे १३ अर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा भईसकेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोही कोष अन्तर्गत नै सरकारले गत मंसिर ११ गतेदेखि विभिन्न योजनासहित सामाजिक सुरक्षा कार्यक्रम देशव्यापी रूपमा लागु गरिसकेको छ। आयोगको प्रतिवेदनले उक्त कोषलाई नै प्रधानमन्त्री कार्यालय मातहत ल्याईनुपर्ने सुझाव दिएको छ। 

वार्षिक अर्बौं रुपैयाँ दायित्व थपिँदै 
विगत ७ वर्षमा सामाजिक सुरक्षा वार्षिक बजेट रकम प्रत्येक वर्ष बढ्दै गइरहेको छ। 

आर्थिक वर्ष २०६८/६९ मा ९ अर्ब ६१ करोड खर्च भएकोमा आर्थिक वर्ष २०७४/७५ मा आईपुग्दा ३८ अर्ब ७७ करोड खर्च भएको देखिन्छ। 

सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ताको रकम १ हजार रुपैयाँ बढाएपछि त्यसमा थप अर्ब भन्दा बढी दायित्व थपिने देखिन्छ।

त्यसैगरी निवृत्तिभरण तथा अशक्त वृत्ति पनि बढ्दै गइरहेको छ। आर्थिक वर्ष २०६८/६९ मा १७ अर्ब ५७ करोड रुपैयाँ बराबर खर्च भएको निवृत्तिभरण तथा अशक्त वृत्ति रकम आर्थिक वर्ष २०७४/७५ मा आइपुग्दा त्यसको खर्चको आकार ४० अर्ब ३६ करोड रुपैयाँ बराबर पुगेको छ। खर्चको प्रवृत्ति हेर्दा प्रत्येक वर्ष राज्य कोषमा सामाजिक सुरक्षामा रकमको भार बढ्दै गइरहेको प्रष्ट हुन्छ।

कुल सामाजिक सुरक्षा खर्चमा सबै भन्दा बढी अंश निवृत्तिभरण तथा अशक्त वृत्तिको रहेको छ। आर्थिक वर्ष २०६८/२०६९ मा यसको हिस्सा ५८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७४/२०७५ मा घटेर ४२ प्रतिशत रहेको छ। समग्रमा हेर्दा निवृत्तिभरण तथा अशक्त वृत्ति खर्चको भार बढिरहेको छ। 

त्यसैगरी,कुल सामाजिक खर्चमा सामाजिक सुरक्षा खर्चको हिस्सा दोस्रो रहेको छ। शुरुका तीन आर्थिक वर्षमा बजेट खर्चको अवस्था करिब उस्तै रहेको छ भने त्यसपछिका पछिल्ला वर्षहरूमा सो खर्च बढ्दो छ। आर्थिक वर्ष २०६८/०६९ देखि आर्थिक वर्ष २०७२/७३ सम्म कुल सामाजिक खर्चमा सामाजिक सुरक्षा खर्चको हिस्सा झण्डै ३० प्रतिशतको हाराहारीमा रहेकोमा त्यसपछिका दुई वर्षमा यसको हिस्सा अझ बढेको छ। 

प्रतिवेदन नै गुपचुप 
अघिल्लो वर्ष भदौमा आयोग गठन भएसँगै सार्वजनिक खर्चको अहिलेको अवस्था, त्यसमा रहेका समस्या र समाधानका उपायसहितको विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाउन आयोगलाई सरकारले जिम्मेवारी दिएको थियो। आयोगले गत फागुनमा उक्त प्रतिवेदन सरकारलाई बुझाईसकेको भएपनि हालसम्म त्यो सार्वजनिक गरिएको छैन। 

सार्वजनिक खर्च प्रणालीमा सुधार गर्न के–कस्ता विषयमा सुधार हुनु आवश्यक छ भनेर गरिएको अध्ययनका सुझावलाई अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गर्ने बताउँदै आएका थिए।

सरकारले पूर्व सांसद तथा अर्थविद् डा डिल्लीराज खनाललाई आयोग जिम्मेवारी दिएसँगै बजेट, वित्त व्यवस्थापन र खर्चप्रणालीसँग सम्बन्धित विविध पक्षमा अध्ययन गरी सरकारलाई सुझाव दिन जिम्मेवारी दिएको थियो। 

महालेखा नियन्त्रक सुरेश प्रधान, नेपाल सरकारका पूर्व सचिव दुर्गानिधि शर्मा,  त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक शिवराज अधिकारी र अर्थ मन्त्रालयका सहसचिव मुकुन्द पौड्याल सदस्य सचिव रहेको उक्त आयोगले हालका वर्षमा छरिएर रहेका सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमलाई एकत्रित गरी प्रधानमन्त्री कार्यालय मातहत ल्याएर संचालन गर्दा त्यसको प्रभावकारिता बढी हुने सुझाव सरकारलाई दिएको हो।

प्रकाशित मिति: आइतबार, असार १५, २०७६  २०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्