• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

श्रम तथा रोजगार सम्मेलन : आन्तरिक रोजगारी प्रवर्द्धनका लागि नीजि क्षेत्रसँग सहकार्यमा जोड

64x64
नेपाल लाइभ आइतबार, असार १५, २०७६  १८:३३
1140x725

काठमाडौं- आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने उदेश्यले काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनमा सबै सरोकारवालाहरुले आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्नका लागि नीजि क्षेत्रसँग सरकारले हातेमालो गर्नुपर्ने उल्लेख गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनमा उपस्थित सरोकारवालाहरुले आन्तरिक रोजगारीको प्रवद्र्धनका लागि नीजि क्षेत्रसँग सरकारले हातेमालो गरेर अघि बढ्नुपर्ने टिप्पणी गरेका हुन्।

वैदेशिक रोजगारीलाई व्यबस्थित गर्दै आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रमका सम्बन्धमा नीजि क्षेत्रसँग सहकार्य नगरेको सरोकारवालाहरुले बताएका छन्। 

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले सरकारले ल्याएको तीन खम्बे नीति कार्यान्वयनका लागि सरकारी, नीजि तथा सार्वजनिक तिनै क्षेत्रको सक्रिय सहभागिता रहनु पर्ने उल्लेख गरे। 

उनले भने, ‘देशमा रोजगारीका लागि सरकारले बोलेर मात्रै हुँदैन, नीति बनाएर मात्रै पनि हुँदैन, आफूसँगसँगै नीजि तथा सार्वजनिक क्षेत्रहरुसँग हातेमालो गरेर अगाडी बढ्न आबश्यक छ। ’

वैदेशिक रोजगारीको जटिलतालाई न्यूनिकरण गर्दै आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न सरकारले जोड दिनुपर्ने उनको भनाई छ। 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पिताम्बर शर्माले आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न औद्योगिक सम्बन्ध (इन्डस्ट्रियल रिलेशन ) कायम गर्न आबश्यक रहेको बताए। 

पूर्व उपाध्यक्ष शर्माले भने, ‘युवाहरुलाई स्वदेशमै रोजगारीका लागि प्रोत्साहन गर्न सुरक्षित, स्वस्थ र प्रतिस्पर्धी वातावरण सिर्जना गर्नुपर्ने देखिन्छ। ’

Ncell 2
Ncell 2
nimb
nimb

आगामी आर्थिक वर्ष भित्रमा ५ लाख युवाहरुलाई देशभित्र रोजगारी प्रदान गर्ने उदेश्यका साथ अगाडी बढाइएको प्रधानमन्त्री रोजगार कार्यक्रमले सामाजिक सुरक्षा मात्रै प्रदान गर्ने भएकाले लक्ष्य हासिलका लागि सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्न आबश्यक भएको दावी गरे। 

‘प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता अन्य रोजगारमुलक कार्यक्रमहरु विश्वका विभिन्न मुलुकमा लागू गरिएपनि कार्यान्वयनमा धेरै चुनौतिहरु देखिएका छन्, त्यसैले यस विषयमा सरकार निकै सचेत हुन आबश्यक छ’ उनले भने। 

वरिष्ठ अर्थविद् डिल्लीराज खनालले देशभित्रै रोजगारी सिर्जना गर्न सके देश सजिलै आर्थि विकास तर्फ अग्रसर हुने दावी गरे। 

सरकारले देशमा विद्यमान बेरोजगारी समस्यालाई समाधान गर्न श्रमिक तथा रोजगारदाता दुवै पक्षलाई मिलाएर लैजानुपर्ने बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाली श्रम बजारका क्षेत्रमा अवसरसँगै चुनौतीहरु पनि चुलिँदै गएकाले नीजि क्षेत्रलाई पनि यस विषयमा कसरी सामेल गर्ने भन्ने बारे सरकारले सोच्न आबश्यक रहेको उल्लेख गरिन्। 

देशमा प्रशस्त रोजगारीका अबसर रहेपनि आबश्यक पर्ने खालका दक्ष, अनुभवि तथा प्राविधिक कामदारहरुको अभाव रहेकाले नेपाली उद्योगहरुले विदेशबाट कामदार ल्याउनुपर्ने बाध्यात्मक अबस्था रहेको उनको भनाई छ। 

‘श्रम बजारको माग अनुसारका कामदार देशभित्रै उत्पादन गर्नका लागि सरकारले नीजी क्षेत्रसँग सहकार्य गर्न आबश्यक छ’ अध्यक्ष राणाले भनिन्। 

उद्योग परिसंघ नेपालका अध्यक्ष हरिभक्त शर्माले नेपालको नीति छिमेकी मुलुक चिन र भारतको भन्दा पनि राम्रो भएको बताउँदै कार्यान्वयन पक्ष कमजोर हुँदा श्रम रोजगारका क्षेत्रमा देशले निकै जटिल समस्या सामना गर्नुपर्ने बाध्यता रहेको प्रष्ट पारे। 

सरकारले श्रमिक मात्रै भनिरहँदा रोजगारदाताको सुरक्षा व्यबस्था तथा लगानी कर्ताहरुका लागि लगानी मैत्री वातावरण सिर्जना गर्न नसकिएको टिप्पणी  गरे। 

सामाजिक सुरक्षा योजनामा समेत श्रमिक हकहितका कुरा गर्ने सरकारले रोजगारदाताको हकहितको कुरा गर्न आनाकानी गरेको बताए। 

‘सरकारले संकुचित मनस्थितिमा रहेर श्रम ऐन अघि सारको छ, श्रम ऐनमा श्रमिकका अधिकारको व्यख्या गरियो, लगानीकर्ताको अधिकार खोइ ?’ परिसंघका अध्यक्ष शर्माले प्रश्न गरे। 

विदेशमा भन्दा देशभित्रै रोजगारीका अबसरहरु सिर्जना गर्न सकिने पर्याप्त वातावरण भएपनि सरकारले लगानीकताहरुका लागि लगानी मैत्री वातावरण निमार्ण गर्न आनाकानी गरेकाले नेपाली श्रम बजार खुम्चँदै गएको उनको भनाई छ। 

आईतबार श्रम तथा रोजगार सम्मेलन सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा सबै खालका श्रमिक समस्या समाधान गर्ने दावी गरे। 

प्रधानमन्त्री ओलीले देशमा शिक्षित बेरोजगार युवा सिर्जना गर्ने शिक्षा प्रणालीलाई सुधार गरी प्राविधिक शिक्षामा जोड दिने बताए। 

कृषिको प्रशस्त सम्भावना रहेको नेपालमा कृषिलाई आधुनिकीकरण गरी देशको बेरोजगारी समस्या समाधान गरे स्पष्ट पारे। 

देशमा रोजगारीको सम्भावना र आबश्यकतालाई मध्येनजर गर्दै सोही अनुसारको सिप विकासमा सरकारले जोड दिने उल्लेख गरे।

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विश्वको श्रम बजारसँग प्रतिस्पर्धा गर्न सक्ने नेपाली श्रम बजारको निमार्णमा सरकार अग्रसर रहेको बताएका छन्। 

‘नेपाली श्रम बजारलाई सुरक्षित, व्यबस्थित र मर्यादित बनाउँदै लैजान सरकार, सार्वजनि तथा निजि क्षेत्र हातेमालो गरेर अगाडी बढ्नुपर्ने देखिएको छ’ मन्त्री विष्टले भने।

प्रकाशित मिति: आइतबार, असार १५, २०७६  १८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्