काठमाडौं- आगामी मंसिर ५ र ६ गते काठमाडौंमा उर्जा सम्मलेलन २०१९ आयोजना हुने भएको छ।
स्वतन्त्र उर्जा उत्पादक हरुको संस्था (इपान)ले गर्दै आएको सम्मेलनको सातौं संस्करणका रुपमा उक्त सम्मेलन आयोजना हुन लागेको हो।
सम्मेलनबाट नेपालको उर्जा क्षेत्रको विकास एवं विस्तार पुग्ने विश्वास लिईएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाँईले बताए।
‘सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, सरकारी संघ संस्थाका उच्च कर्मचारीहरु नीजि क्षेत्र तथा गैरसरकारी क्षेत्रका सरोकारवालाको उपस्थितिमा नीतिगत बहस, हासिल भएका सफलता तथा उपलब्धी र अनुभवको साँटासाट हुनेछ,’ गुरागाँईले भने।
उर्जा सम्मेलनमा संघिय नेपालमा विद्युत विकास, अन्तरदेशीय व्यापार तथा प्रशारण पूर्वाधार, विद्युत क्षेत्रमा आवस्यक लगानी, बजार विस्तार, दिगो तथा सहभागितामुलक जलविद्युत विकास, विद्युत् क्षेत्रको नियमनलगायत विषयमा बहस तथा छलफल हुनेछ।
सम्मेलनमा ७ सय ५० जना भन्दा बढीको सहभागिता रहने ईपानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।