काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी १० वर्ष अर्थात (सन् २०३०) सम्ममा ६८ लाख युवाहरुलाई स्वदेशभित्रै प्रशस्त रोजगारीका अवसरहरु सिर्जना गरिने बताए।
आइतबार आयोजित राष्ट्रिय रोजगार सम्मेलन २०७६ लाई सम्बोधन गर्दै आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न सरकार कृयाशील रहेको बताएका हुन्।
बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्दै देशभित्रै मर्यादित र उत्साहित रुपमा रोजगारीका अवसरहरु सिर्जना गर्नका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानिय सरकार तीनै तहले महत्वपूर्ण भूमिका खेल्नु पर्ने मन्त्री विष्टले बताए।
‘आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न सरकारसँग नीजि तथा सार्वजनिक क्षेत्रले पनि हातेमालो गर्न आबश्यक छ’ मन्त्री विष्टले भने।
विश्वको श्रम बजारसँग प्रतिस्पर्धा गर्न नेपालमा थुप्रै चुनौतिहरु रहेपनि ति चुनौतिहरुको सामना गर्न सरकारले प्रविधिगत विकासलाई जोड दिने प्रष्ट पारे।
नेपालको विद्यमान बेरोजगारी समस्यालाई घटाउन सरकार प्रयत्नशील रहेको मन्त्री विष्टले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।