काठमाडौं- मुलुकभर धान दिवस मनाउने चटारो छ। तर असारको १५ भईसक्दा पनि वर्षे मनसुन नभित्रिएपछि धान रोपाईं अघिल्लो वर्षको भन्दा निकै कम भएको छ।
.jpg)
एकातिर असारमा पानी नपर्दा रापाई गर्न नपाएर किसान मर्कामा परेका छन् भने अर्कोतिर यहि समयमा रासायनिक मलको चरम अभाव देखिएको छ।
कृषि विकास मन्त्रालयका अनुसार बढी धान खेती हुने तराईका अधिकांश जिल्लामा मल अभाव रहेका देखिएको छ। १८ जिल्लामा मलको चरम अभाव नै देखिएको छ।
.jpg)
धान दिवस तथा रोपाईं महोत्सवको मुल कार्यक्रम यो पटक बर्दियाको राजापुरमा आयोजना गरिएको छ।
धान खेतिमा प्रबिधी र यान्त्रिकिकरण, चामल आयातमा न्यूनीकरण भन्ने मूल नाराका साथ १६औं धान दिवस मनाइएको हो।
बाली विकास तथा जैविक विविधता संरक्षक केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रम कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले ट्र्याकटर जोतेर र धान रोपेर उद्घाटन गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।