• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

चार दशकअघिसम्म धान निर्यात गर्ने नेपाल किन हुँदैछ परनिर्भर?

धानको उत्पादन घटेसँगै आर्थिक सूचकहरुमा असर
64x64
नेपाल लाइभ आइतबार, असार १५, २०७६  १३:१८
1140x725

काठमाडौं- ‘धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ आज मुलुकभर १६औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ। मुलुकको अर्थतन्त्र तथा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको छ।

यसवर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको मुल कार्यक्रम बर्दिया जिल्लाको राजापुर नगरपालिका-८, धोबिपुरमा आयोजना गर्न लागिएको छ।

असारलाई मानो रोपेर मुरी उब्जाउने महिनाका रुपमा लिइन्छ। नेपालको हकमा सामान्य किसानदेखि राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनेसम्मको भूमिका रहेको छ धानबालीको। धानको उत्पादन बढ्यो भने कूल ग्राहस्थ उत्पादन र आर्थिक वृद्धिदर बढ्ने र उत्पादन घट्यो भन्यो ती आर्थिक सूचकहरु पनि घट्ने गरेको बताउँछन् धानविज्ञ डा भोलामान सिंह बस्नेत। मुलुकको आर्थिक समृद्धिमा धानबालीको ठूलो योगदान रहे पनि वर्षेनी घट्दो क्रममा रहेको उत्पादकत्व र बढिरहेको आयातको तथ्यांकले यस क्षेत्रमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बस्नेतको भनाइ छ।

सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मुलुकमा १५ लाख ५३ हजार ४ सय ६९ हेक्टर जमिनमा धान खेती भएको थियो। जसबाट ५६ लाख मेट्रिकटन धान उत्पादन भएको छ। मुलुकको औसत धान उत्पादन ३ दशमलब ५ मेट्रिकटन प्रतिहेक्टर रहेको छ। गत आर्थिक वर्षमा धान उत्पादन घटे पनि उत्पादकत्व ४ प्रतिशतले बढेको छ। प्रतिहेक्टर ३ हजार ५ सय ६ किलो धान उत्पादन हुने गरेको छ। धानबालीको योगदान कूल कृषि ग्राहस्थ उत्पादनमा २१ प्रतिशत र कूल ग्राहस्थ उत्पादनमा ७ प्रतिशत रहेको कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

के भन्छ सरकारी तथ्याङ्क ? 
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत फागुनमा सरकारलाई बुझाएको यस क्षेत्रको 'वर्तमान अवस्था र भावी सोचको मार्गचित्र २०७५'मा ‘जनसंख्यामा वृद्धि र मानिसको प्रतिव्यक्ति आम्दानीमा भएको वृद्धिसँगै मसिना तथा बास्नादार चामलको माग बढ्दै गएकाले यसको आयात बढ्दो क्रममा रहेको’ भन्ने उल्लेख छ।

मन्त्रालयको तथ्याङ्कअनुसार चामल आयात आव २०७३/७४ मा २३ अर्ब ८७ करोड रुपैयाँ बराबरको देखिन्छ भने गत आव २०७४/७५ मा २९ अर्ब ५३ करोड रुपैयाँ बराबर आयात भएको छ। चालू आर्थिक वर्षको पहिलो ११ महिना अर्थात् जेठ मसान्तसम्ममा ३५ अर्ब रुपैयाँ बढीको चामल आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।

गत वर्ष इतिहासमै धेरै धान फलेको कृषि मन्त्रालयको दाबी छ। आव २०७३/४४ को तुलनामा गतवर्ष ४ लाख ५८ हजारले बढी धान फलेको हो। जुन अघिल्लो वर्षभन्दा ८ दशमलव ८९ प्रतिशतले बढी रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लो वर्ष बाली लगाइएको क्षेत्रफलमासमेत वृद्धि भएको मन्त्रालयले जनाएको छ। करिब २० हजार हेक्टर बढी क्षेत्रमा धान खेती भएको छ। अघिल्लो आवमा ३ दशमलब ५ प्रतिशत रहेको उत्पादकत्व गत वर्ष ३ दशलमब ७६ हासिल भई समग्रमा ७ प्रतिशतले वृद्धि भएको देखिन्छ।

धानमा उत्पादकत्व हेर्दा वर्षे धान ३ दशमलब ६९ मेट्रिक टन प्रतिहेक्टर र चैते धान ४ दशमलब ५ मेट्रिक टन प्रतिहेक्टर छ।

गत वर्ष मौसमले साथ दिँदा उत्पादन र उत्पादकत्व दुवै बढेको देखिए पनि यस वर्ष भने असार १५ सम्म पनि २५ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ। जसका कारण यस वर्ष धान उत्पादनमा कमी आउने र यसले समग्र अर्थतन्त्रलाई नै असर पार्ने आँकलन गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछिल्लो समय प्रमुख खाद्यबालीमै परनिर्भरता बढ्दो छ। यही अवस्थालाई मध्यनजर गर्दै सरकारले धानबाली प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु लागू गरिरहेको कृषि विभागका निमित्त महानिर्देशक डा रेवती रमण पौडेलको भनाइ छ। उनका अनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ५ वर्षभित्रै मुलुकलाई आत्मनिर्भर हुने लक्ष्य राखेको र सोहीअनुसार कार्ययोजना पनि बनाएको छ।

केही वर्षअगाडि लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान उत्पादन बढाउनका लागि झापा जिल्लामा धान उत्पादन सुपर जोन निर्माण भएको छ।

४ दशकअघिसम्म धान विदेशमा निर्यात

करिब ४ दशक अगाडि नेपालबाट धान तथा चामल विभिन्न मुलुकमा निर्यात हुने गर्दथ्यो। नेपालमा २०२९ सालमा धान चामल निर्यात कम्पनीको स्थापना भएको थियो। उक्त कम्पनीले तराईका विभिन्न ६ वटा स्थानबाट त्यहाँ उत्पादित धान तथा चामललाई भारततर्फ निर्यात गर्थ्यो। तर, उक्त कम्पनी एक दशक नपुग्दै २०३८ सालमा बन्द भयो।

अहिले मुलुकमा ठूलो परिमाणमा धान तथा चामल आयात हुने गरेको छ। खेतीयोग्य जमिनको खण्डीकरण, कृषि जनशक्तिको पलायन, अपर्याप्त सिँचाइ र आकासे पानीमा निर्भरता, उन्नत जातका बीउबिजन तथा मलखाद नहुनु तथा आधुनिक प्रविधि र तरिकाको प्रयोग नगरी परम्परागत खेती प्रणालीअनुसार नै धान बाली लगाइनुले धानको उत्पादन तुलनात्मक रुपमा घट्दै गएको कृषि सचिव डा युवकध्वज जीसी बताउँछन्।

भौगोलिक क्षेत्र तथा स्थान विशेषमा खेती हुने महत्वपूर्ण स्थानीय र रैथाने धानका जातहरु लोप हुने क्रममा रहेका छन्। मसिना तथा वास्नादार चामलको आयातबाट ठूलो धनराशी विदेशिएको भन्दै सरकारले २०७० सालमा नै मसिना तथा वासनादार धान उत्पादन प्रवर्द्धन कार्यक्रमसमेत लागू गरेको थियो। तर, धानबालीमा नेपालको परनिर्भरता भने वर्षेनी बढ्दो क्रममा देखिन्छ।

कसरी मनाउन थालियो धान दिवश?

संयुक्त राष्ट्र संघले सन् २००४ लाई अन्तर्राष्ट्रिय धान उत्पादन वर्षका रुपमा मनाउने निर्णय गरेको थियो।

‘धान नै जीवन हो’ नारा दिइएको उक्त कार्यक्रम मनाउनका लागि फिलिपिन्सको नेतृत्वमा ४३ वटा मुलुकले संयुक्त राष्ट्र संघलाई आग्रह गरेका थिए। राष्ट्रसंघको उक्त निर्णय पछि २०६१ साल मंसिर २९ गते मन्त्रीस्तरीय निर्णयमार्फत् हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसका रुपमा मनाउने निर्णय भएको थियो।

धान रोपाइँ र पर्यटन सँगसँगै

नेपालमा पछिल्लो समय धान रोपाइँ र पर्यटन क्षेत्र पनि एकआपसमा जोडिँदै गएका छन्। हरेक वर्ष पोखरामा ‘मड फेस्टिबल’ (हिलो महोत्सव)का रुपमा धान दिवस मनाइने गरिएको छ। यस वर्ष पनि पर्यटन व्यवसायलाई पनि जोडेर पोखरा, कपिलवस्तु सौराहा, गोदावरीलगायत क्षेत्रमा रोपाइँ महोत्सव मनाउने तयारी भइरहेको छ।

हिन्दू धर्मका परम्पराहरुमा जन्मदेखि मृत्युसम्मका सबै संस्कारमा धान प्रयोग हुने गरेको छ। प्राचिन कपिलवस्तुको राजधानी तिलौराकोटमा महाराज शुद्धोधनको पालादेखि राजाले सुनको हलोले खेत जोतेर पहिलो पटक वर्षेबाली धान रोप्ने प्रचलन रहेको किंवदन्ती पाइन्छ। असार १५ का दिन एकफेर हिलो टेक्नु भन्ने मान्यता छ। यस दिन रोपाइँलाई पर्वको रुपमा मनाइने हुँदा असारे गीत गाउँदै धान रोप्ने गरिन्छ।

हल गोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई सम्मान गर्छन् र गीतका भाकामार्फत् आपसमा माया, प्रेम र आत्मियता समेत साट्ने गर्छन्। असारे गीत तथा असार र रोपाइँलाई आधार बनाएर थुप्रै साहित्यिक रचनाहरु भएका छन्।

दहीचिउराको उर्जामा रोपाइँ

खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ। गर्मीयाममा चिसो दहीले रोपारको हिलाम्य भएको शरीरमा शितलता तथा उर्जा दिने भएकाले दहीचिउरा खाने चलन रहेको हुनसक्ने बस्नेतको भनाई छ। ‘रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही, चिउरा र अचारको खाजा खाने गरिन्छ। हाम्रो संस्कृतिलाई जोड्ने गरी धान दिवस पनि सोही दिन मनाउने गरिएको हो,’ उनले भने।

बालीका राजा मानिने धानको वैज्ञानिक नाम 'ओरिजा सेटिभा' हो। विश्वका १ सय १३ देशमा धानबाली खेती गर्ने गरिन्छ। विश्वभर उत्पादन हुने धानको करिब ९० प्रतिशत धान एसियाली मुलुकभित्रै उत्पादन हुने गर्दछ। जुम्ली मार्सी प्रजातिको धान विश्वकै सबैभन्दा उच्च स्थानमा उत्पादन हुन्छ। धानको उक्त जात जुम्लाको छुमचौरमा उत्पादन हुने गरेको छ।

प्रकाशित मिति: आइतबार, असार १५, २०७६  १३:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्