काठमाडौं- ‘द विकल्प ब्यान्ड’को पहिलो प्रस्तुति रहेको ‘नशा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
शिवम लामाको शब्द रहेको उक्त गीतलाई सोमबार बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
माया र बिछोडका रङमा डुबेको उक्त भिडियोमा 'चपली हाइट २' की अभिनेत्री मरिस्का पोखरेल र मनोज तामाङलाई फिचरिङ गरिएको छ।
जीवन शाहीले निर्देशन गरेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।