काठमाडौं- नारीवादी चलचित्रहरु निर्माण गर्दै आएकी अभिनेत्री रेखा थापाको पछिल्लो फिल्म ‘रुद्रप्रिया’ युट्युबमा हिट साबित भएको छ। हलहरुमा राम्रो व्यापार गर्न नसकेको ‘रुद्रप्रिया’ले अनलाइनमा भने दर्शकको राम्रो साथ पाएको हो।
डिसेम्बर २८ मा युट्युबमा राखिएको फिल्मले चार दिनमा १२ लाख ७० हजार भ्यु पाउँदै ट्रेन्डिङमा तेस्रो नम्बरमा समेत पर्न सफल भएको छ।
एसिड प्रकरणबारे बनेको ‘रुद्रप्रिया’ मा आठ वर्षको अन्तरालमा रेखा र आर्यनले सँगै काम गरेका थिए। युट्युबमा दर्शकको साथ पाइरहेको फिल्मबारे मिश्रित प्रतिक्रिया देखिन्छ।
कतिपयले एसिड प्रकरणलाई कथावस्तु बनाइनुलाई रुचाएका छन् भने कतिले रेखा र आर्यनको अहिलेसम्मकै झुर फिल्म भएको प्रतिक्रिया दिएका छन्।
सुदिप बबी भुपाल सिंह निर्देशित 'रुद्रप्रिया'मा रेखा र आर्यनका साथै राजन इशान, विश्व बस्नेत लगायत कलाकाको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।