• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

११ महिनामै १२ खर्ब नाघ्यो व्यापार घाटा

१३ खर्बको आयात हुँदा ८७ अर्बको निर्यात
64x64
नेपाल लाइभ शनिबार, असार १४, २०७६  १६:३८
1140x725

काठमाडौं- वैदेशिक व्यापारमा वृद्धि भएसँगै मुलुकको व्यापार घाटा पनि बढ्दै गएको छ। चालु आर्थिक वर्षको पहिलो ११ महिनामा व्यापार घाटा १२ खर्ब नाँघेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा देशले १२ खर्ब ११ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ व्यापार घाटा व्यहारेको छ।

निर्यातका तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापार सन्तुलन कायम हुन सकेको छैन। 

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाख रुपैयाँको वैदेशिक व्यापारमा मुलुकले करिब ८७ अर्ब ८३ करोड ४९लाख रुपैयाँ बराबरको मात्र निर्यात गरेको छ। 

गत आर्थिक वर्ष २०७४/७५ मा मुलुकले १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाखको वैदेशिक व्यापारमा १२ खर्ब ११ अर्ब ९६ करोड ७७ लाख २६ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिना अवधिमा व्यापार घाटा १७ दशमलव ५० प्रतिशतले बढेको छ। 

कुल वैदेशिक व्यापारमा ९३ दशलमव ७ प्रतिशत आयात र ६ दशमलव ३ प्रतिशत निर्यात भएको देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिका तुलनामा कुल वैदेशिक व्यापारमा आयात ०.०४ प्रतिशतले घटेको छ भने निर्यात ०.५९ प्रतिशतले बढेको छ। 

भारतसँग मात्र ६४ दशमलव ७७ प्रतिशत व्यापार घाटा
यस अवधिमा नेपालले छिमेकी मुलुक भारतसंग मात्र ६४ दशमलव ७७ प्रतिशत व्यापार घाटा व्यहोरेको छ।  

चालु आवको पहिलो ११ महिनामा भारतबाट मात्र ८ खर्ब ४१ अर्ब ६७ करोड ६७ लाख रुपैयाँको आयात भएको छ। गत वर्ष सोही अवधिमा नेपालले भारतमा ५६ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। यसरी हेर्दा भारतसँगको व्यापार घाटा मात्र ७ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ नाँघेको छ। गत आर्थिक वर्षमा भारतसँगको व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ बराबर मात्रै थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

स्रोतः भन्सार विभाग


त्यस्तै नेपालको दोस्रो ठुलो वैदेशिक व्यापार साझेदार चीनसँग कुल व्यापार घाटाको १५ दशममलव २३ प्रतिशत रहेको छ। गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा चीनसँगको व्यापार घाटा १३ दशमलव ५७ प्रतिशत रहेको थियो। 

चीनसँग १ खर्ब ८६ अर्ब ६० करोड ४३ लाख रुपैयाँ बराबरको आयात र १ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ बराबरको निर्यात गर्दा व्यापार घाटा १ खर्ब ८४ अर्ब ६३ लाख ९३ हजार रुपैयाँ बराबर रहेको देखिन्छ। 

कुल वैदेशिक व्यापारको ६४ दशमलव ७५ प्रतिशत भारतबाट मात्र आयात र निर्यातको ६४ लशमलव ४३ प्रतिशत पनि भारतमा नै। भारतसँगको व्यापार घाटा ७ खर्ब ८५ अर्ब ८ करोड

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चालु आवको ११ महिनामा संयुक्त अरब इमिरेट्स नेपालसँग वैदेशिक व्यापार गर्ने तेस्रो ठूलो मुलुकका रुपमा देखिएको छ। गतवर्ष तेश्रो स्थानमा भियतनाम थियो। 

संयुक्त अरब इमिरेट्स ३२ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको आयात र ३१ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात हुँदा कुल ३१ अर्ब ९६ करोड ३६ रुपैयाँ बराबर व्यापार घाटा देखिन्छ। 

आयातमा वीरगञ्ज र निर्यातमा विराटनगर ठूलो नाका 
मुलुकको सबैभन्दा ठुलो व्यापारीक नाका विरगञ्ज आयातमा आयात गर्ने सूचीमा पहिलो स्थानमा देखिएको छ। वीरगञ्जबाट मात्र कुल वैदेशिक व्यापारमा ३४ दशमलव ७७ प्रतिशत आयात र २२ दशमलव ०५ प्रतिशत निर्यात भएको छ। यो नाकाबाट ४ खर्ब ५१ अर्ब ९३ करोड ९० लाख रुपैयाँ बराबरको आयात र १९ अर्ब ३६ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस नाकाबाट ३ खर्ब ७९ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ बराबरको आयात र १२ अर्ब ७२ करोड १६ लाख रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ।

कुल वैदेशिक व्यापारमा ९३ दशमलव ७ प्रतिशत आयात र ६ दशमलव ३ प्रतिशत निर्यात

निर्यातमा भने विराटनगर सबैभन्दा ठूलो नाकाका रुपमा देखिएको छ। कुल निर्यातको २९ दशमलव ५२ प्रतिशत अर्थात २५ अर्ब ९३ करोड १५ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु यस नाकाबाट निर्यात भएको छ। विराटनगर नाका आयात गर्ने तेश्रो ठूलो नाका हो। 

मुलुकको एकमात्र अन्तराष्ट्रिय विमास्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार नाकाबाट १ खर्ब ४२ अर्ब ७३ करोड रुपैयाँ बराबरको आयात र २१ अर्ब ६४ करोड २४ लाख बराबरको निर्यात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आयात गर्ने चौथो ठुलो भन्सार कार्यालय हो भने निर्यातमा दोस्रो ठुलो भन्सार कार्यालयका रुपमा देखिएको छ। 

८ वटा भन्सार कार्यालयबाट भने निर्यात शून्य देखिएको छ। 

कुन वस्तु बढी आयात र निर्यात? 
यस अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु मुख्य रहेकाछन्। त्यस्तै हस्तकलाका सामान चाउचाऊ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हाते कागज, छाला, पस्मिना सल, जडिबुटी आदि वस्तुको पनि निर्यात भएको छ। 

आयाततर्फ ईन्धन, फलाम तथा स्टील र तिनका उत्पादनको आयातमा झन्डै दुई गुणा वृद्धि भएको छ। 

२ खर्ब ३१ अर्ब ७२ करोड ८० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थमात्र आयात

नेपालले आयात गर्ने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा रहेको छ। ११ महिना अवधिमा २ खर्ब ३१ अर्ब ७२ करोड ८० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थमात्र आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ७५ अर्ब ८७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ मात्र आयात भएको देखिन्छ।

पेट्रोलियम पदार्थबाहेक नेपालले भारतबाट उच्च आयात गर्ने वस्तुहरुमा फलाम तथा तिनका उत्पादन, यातायातका साधनहरु, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ। चीनबाट हुने आयातमा भने दुरसञ्चारका सामाग्रीहरु, विद्युतीय उपकरणहरु, मेशिनरी तथा पार्टपुर्जा, स्याऊ तथा रासायनिक मल जस्ता वस्तुहरु प्रमुख रहेका छन्। युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुब्रिकेटिङ तेल र चकलेटजस्ता वस्तुहरु ठुलो मात्रामा आयात भएको देखिन्छ।

प्रकाशित मिति: शनिबार, असार १४, २०७६  १६:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्