• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

वर्ष २०१८ मा यी दस सेलिब्रिटीका यस्ता छन् योजना

64x64
नेपाल लाइभ आइतबार, पुस १६, २०७४  १८:५५
1140x725

काठमाडौं- पुरानो वर्षलाई बिदाइ गर्दै अंग्रेजी नयाँ वर्ष २०१८ को स्वागतमा यतिबेला सबै जना केन्द्रित भएका छन्। काठमाडौंका साथै देशका विभिन्न शहरमा नयाँ वर्षको पूर्वसन्ध्यामा कन्सर्ट, डान्स पार्टी लगायत कार्यक्रम भइरहेका छन्।

सामान्यतया भेटघाट र घुमघाम गर्ने उपयुक्त बहाना हुने नयाँ वर्ष सेलिब्रिटीहरुका लागि अझ विशेष हुन्छ। उनीहरुले विगत वर्षको सफलता/असफलताको लेखाजोखा गर्दै नयाँ योजना तय गर्ने उपयुक्त समय नयाँ वर्षलाई नै बनाउने गर्छन्। यसै क्रममा नेपाल लाइभका मनोज न्यौपानेले केही सेलिब्रेटीसँग बिदा हुँदै गरेको वर्षको सम्झना गराउँदै वर्ष २०१८ को योजना सोधेका छन्:

केदार घिमिरे 'माग्नेबूढा' (हास्य कलाकार)

माग्नेबूढाका लागि २०१७ मिश्रित रह्यो। डिप्रेसनका कारण केही समय निस्क्रिय जस्तै बसेका उनी यसै वर्ष त्यसबाट किनारा लाग्दै कलाकारिता क्षेत्रमा सक्रिय भए। बिदा हुन लागेको वर्ष सम्झिँदै उनी सुनाउँछन्, 'शारीरिक कष्टका केही कुरा रहे। चलचित्र र अभिनयका प्रसंगमा छक्का पञ्जा २ ले दर्शकको माया पायो।' नयाँ वर्ष २०१८ का लागि उनीसँग अहिले विशेष प्रतिबद्धता र योजना केही छैन। दर्शकको माया र सद्भाव कायम रहने गरी प्रस्तुति जारी नै राख्ने उनले बताए।

अञ्जु पन्त (गायिका)

करिब साढे एक दशक लामो सांगीतिक यात्रामा २०१७ सबैभन्दा खास बनेको अञ्जु पन्तको अनुभव छ। यो वर्ष अञ्जु पन्त फाउन्डेसनको स्थापना गर्नुका साथै विभिन्न अवार्ड पाएको र अमेरिकी सिनेटरहरुले नेपाली कलाकारका लागि पहिलोपटक गरेको सम्मानका कारण अर्थपूर्ण रहेको उनले सुनाइन्। 

नयाँ वर्ष २०१८ लाई सामाजिक सेवाको उद्देश्यले इटहरीमा हुनलागेको कार्यक्रममा सहभागी जनाएर स्वागत गर्ने उनको तयारी छ। नयाँ वर्षको योजना सोध्दा अञ्जुले आफू खास योजना बनाएर काम नगर्ने बताइन्। 'जे हुन्छ हुँदै जान्छ भन्ने तरिकाले अघि बढ्ने गर्छु', उनले भनिन्, 'योजना नै भन्दा गीत-संगीतमार्फत दर्शक-श्रोताको मन जित्न प्रयासरत रहनेछु र आफ्नो फाउन्डेसनलाई पनि अगाडि बढाउनेछु।'

सुशील श्रेष्ठ (अभिनेता)

Ncell 2
Ncell 2

चलचित्र 'लभ डायरी'को सुटिङका लागि चितवनमा रहेका अभिनेता सुशील श्रेष्ठ २०१७ लाई उपलब्धिमूलक ठान्छन्। 'म लर्निङ फेजमा भएकाले सिकाइको हिसाबले सफल रह्यो', उनले भने।

नयाँ वर्षलाई सुटिङको सेटमै फिल्म युनिटसँग रमाइलो गर्दै स्वागत गर्ने उनको योजना छ। नयाँ वर्षको योजनाबारे सोध्दा उनले आजसम्म गरिएका कामभन्दा राम्रो काम गरेर देखाउने बताए। साथै, 'लभ डायरी' आउने भएकाले उनको लागि २०१८ विशेष हुनेछ। 

दीपकराज गिरी (अभिनेता/निर्माता)

२०१७ लाई सम्झँदै दीपकराज गिरीले अन्य वर्ष जस्तै सुखद रहेको प्रतिक्रिया दिए। उनले 'छक्कापञ्जा २' फिल्मको सफलता र नयाँ फिल्म 'शत्रुगते'को छायांकन सकिनुलाई उनले विशेष उपलब्धि ठानेका छन्।  नयाँ वर्ष २०१८ को स्वागतका लागि भने उनी परिवारसहित पोखरा पुगेका छन्। उनले फोनमा हाँस्दै सुनाए, 'कलाकारका हिसाबले हामी हिरो र परिवारका लागि जिरो हुनाले नयाँ वर्ष परिवारको साथमा बिताउने गरी पोखरा आएको छु।'

नयाँ वर्ष दीपकराजको लागि विशेष छ। उनकै शब्दमा उनका दुई वटा 'ड्रिम प्रोजेक्ट' आउँदो मार्चमा फिल्म 'शत्रुगते' र सेप्टेम्बरमा 'छक्कापञ्जा ३' दर्शकमाझ आउनेछ। 

बेनिसा हमाल (अभिनेत्री)

बेनिसाले २०१७ व्यक्तिगत जीवन र करिअर दुवै हिसाबले सफल रहेको आकलन गरेकी छिन्। नयाँ वर्ष २०१८ मा सिङ्गापुरको एक प्रोजेक्टमा जाने योजना भए पनि मिति सरेकाले विशेष योजना नभएको उनले बताइन्। 'पूर्वयोजना बनाउँदा कहिले पनि पूरा हुँदैन', उनले भनिन्, 'नयाँ वर्षको अवसरमा साथीहरुसँग रमाउनेछु।' 

शिव परियार (गायक)

व्यक्तिगत जीवन र सांगीतिक करिअरका रुपमा २०१७ निकै सफल रहेको भन्दै शिव परियारले खुसी व्यक्त गरे। अमेरिका टुरमा गएको र नयाँ-पुराना गीतहरु पनि सफल रहेकाले २०१७ लाई प्याकेजमा सुखद रहेको उनले मूल्यांकन गरेका छन्। नयाँ वर्ष २०१८ को स्वागतमा आयोजित विभिन्न कार्यक्रममा व्यस्त उनले २०१८ का लागि निकै व्यस्त तालिका बनिसकेको बताए। बैशाखसम्मका लागि व्यस्त तालिका बनिसकेको र त्यसपछि केही फरक प्रोजेक्ट लिएर आउने योजना रहेको परियारले सुनाए। 

पुष्पल खड्का (नायक/मोडल)

म्युजिक भिडियोमा सफल रहे पनि चलचित्र 'दर्पणछाया–२' को असफलताका कारण २०१७ प्रति पुष्पल खड्का खासै खुसी छैनन्। यसैले नयाँ वर्ष आफ्नो लागि शुभ बनोस् भन्ने उनको कामना छ। साथीभाइसँग शुभकामना साट्दै नयाँवर्षको स्वागतका लागि जुटेका पुष्पलले २०१८ लाई एक सफल वर्षका रुपमा सदुपयोग गर्ने बताए। 

वर्ष २०१८ मा फिल्म ‘मन्द मन्द’ मार्फत आउने तयारीमा रहेका उनले भने, 'अहिलेसम्म भएका कमी-कमजोरीलाई सुधार गर्दै दर्शकसामु प्रस्तुत हुनेछु।'

पूजा शर्मा (अभिनेत्री) 

२०१७ मा फिल्म निर्माता बनेकी पूजा शर्मा यो वर्ष आफ्नो लागि विशेष रहेको मूल्यांकन गर्छिन्। ‘म यस्तो गीत गाँउछु’बाट उनी फिल्म क्षेत्रमा निर्माताको रुपमा प्रवेश गरेकी उनी सफल पनि भइन्। यो वर्षभरि अभिनय, फिल्म प्रमोसन र अन्य भेटघाटमा व्यस्त भएकी उनी नयाँ वर्षलाई भने साथीहरुसँग भेटघाट गरेर स्वागत गर्ने तयारीमा छिन्।

नयाँ वर्षका योजनाबारे उनी भन्छिन्, '२०१८ मा विशेषगरी २–३ वटा प्रोजेक्टमा आउन लागेकी छु। सधैं वर्षको एउटा मात्र फिल्ममा काम गरेकी म नयाँ वर्षमा अलि बढी काम गर्ने योजनामा छु।' उनले आफू पुन: निर्माताको रुपमा पनि आउन लागेको पनि सुनाइन्। फिल्मको सुटिङ सुरु नै भइसकेको जानकारी दिए पनि उनले नाम भने खुलाउन मानिनन्।  

श्रीकृष्ण लुइँटेल 'बोकेदारी' (गायक)

दर्शक-श्रोतामाझ कमेडी गीत-संगीत पस्किँदै आएका गायक श्रीकृष्ण लुइँटेल २०१७ लाई निकै सुखद रुपमा लिन्छन्। २०१७ को अन्ततिर ल्याएको 'सुनको सिक्री' (रावण) गीतको म्युजिक भिडियोको सफलतालाई उनले अझ विशेष रुपमा लिएका छन्।

उनले आफूले खासगरी नेपाली नयाँ वर्षलाई खुलेर मनाउने भए पनि अंग्रेजी नयाँ वर्षमा पनि साथीभाइ भेटेर मनाउने बताए। २०१८ को विशेष योजना सोध्दा उनले जनवरीबाट नयाँ म्युजिक भिडियोको सुटिङ गर्नेदेखि नयाँ एल्बम समेत ल्याउने जानकारी दिए। २०१८ मै म्यानमारको भ्रमणमा जाने र देशभित्रै विभिन्न कार्यक्रममा सहभागी हुँदै बाँकी समय परिवारको साथमा बिताउने उनको योजना छ।

जस्मिन श्रेष्ठ (अभिनेत्री) 

जस्मिनका लागि २०१७ उपलब्धिमूलक रह्यो। यो वर्ष उनी फिल्म 'पञ्चैबाजा' को सुटिङमा व्यस्त भइन्। एक-दुई कुराले भने यो वर्ष तनाव दिएको उनले स्मरण गरिन्।

२०१८ मा 'पञ्चैबाजा' बजाउँदै स्वागत गर्ने उनको योजना छ। '२०१८ मा आउने पञ्चैबाजा सफल बनाउनु छ, त्यसपछि फिल्मकै सन्दर्भमा युरोप भ्रमणमा निस्कन्छु होला', उनले सुनाइन्। 

प्रकाशित मिति: आइतबार, पुस १६, २०७४  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता [सूचीसहित]
हिमाली जिल्लामा हिमपात भएको खण्डमा दोस्रो चरणमा निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की
संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: सिटौला
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता [सूचीसहित] मंगलबार, माघ २०, २०८२
हिमाली जिल्लामा हिमपात भएको खण्डमा दोस्रो चरणमा निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की मंगलबार, माघ २०, २०८२
संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: सिटौला मंगलबार, माघ २०, २०८२
‘नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भयो’ : बालेन मंगलबार, माघ २०, २०८२
नेकपाले कसैसँग तालमेल नगर्ने रञ्जित तामाङको प्रष्टीकरण मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्