काठमाडौं- माघ २६ गते रिलिज मिति तय गरिएको यस वर्षकै बहुप्रतीक्षित फिल्म ‘कृ’को पहिलो गीत सार्वजनिक भएको छ। अंग्रेजी नयाँ वर्ष २०१८ को पूर्वसन्ध्या पारेर ‘यति यति पानी’ बोलको क्लब डान्स गीत सार्वजनिक गरिएको हो।
गीतमा अनमोल केसीले क्लबका दर्जनभन्दा बढी डान्सरसँग कम्मर मर्काएका छन्। अल्मोडा राना उप्रेतीको स्वर रहेको गीतमा शब्द र संगीत राजेन्द्र भट्टको रहेको छ।
यसअघि सार्वजनिक फिल्मको ट्रेलरलाई पनि दर्शकले निकै रुचाएका थिए।
फिल्ममा अनमोलसँगै अदिती बुढाथोकी, अनुपविक्रम शाही, लक्ष्मी गिरी, रुपा राना, कामेश्वर चौरासिया, सरोज खनाल लगायत कलाकारहरुको अभिनय रहेको यस फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्।
सुपर काजोल फिल्मस् र सुवास इन्टरटेनमेन्टको ब्यानरमा फिल्म निर्माण भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।