• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश ६ : प्रदेशसभामा कर्णाली क्षेत्रकै प्रतिनिधित्व कमजोर

64x64
नेपाल लाइभ आइतबार, पुस १६, २०७४  १५:५९
1140x725

सुर्खेत– डोल्पाकी बदमी बोहोरा नेकपा एमालेले प्रदेश ६ को प्रदेशसभाका लागि समानुपातिकतर्फ सिफारिस गरेका ६ जनामध्ये कर्णालीबाट प्रतिनिधित्व गर्ने एक्ली सांसद हुन्। सुर्खेत जिल्लाबाट दुई जना सांसद सिफारिसमा पर्दा कर्णालीका पाँच जिल्लाबाट भने एक जनाको मात्र प्रतिनिधित्व एमालेले गराएको छ।

त्यस्तै, नेपाली कांग्रेसले सिफारिस गरेका ५ मध्ये २ जना कर्णाली क्षेत्रबाट परे भने माओवादी केन्द्रका ४ जनाभित्र कर्णालीका उम्मेदवार छनौटमै परेनन्। जबकि माओवादीले पनि एमालेले जस्तै सुर्खेतबाट मात्रै दुई जना सांसद सिफारिस गरेको छ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलले कर्णाली प्रदेश भनेर चिनिने प्रदेश ६ मा प्राथमिकता नदिँदा समानुपातिकमा कर्णालीको प्रतिनिधित्व कमजोर भएको हो। दलहरुले कर्णालीलाई फेरि पनि उपेक्षा गरेको गुनासो कर्णालीका प्रतिनिधिहरुले गर्न थालेका छन्।

एमालेबाट समानुपातिकमा परेकी डोल्पाकी बदमी बोहोराले प्रदेश ६ को ठूलो भूभाग नै कर्णालीले ओगटेको भए पनि समानुपातिकमा सांसद सिफारिस गर्दा कर्णाली नै पछाडि पर्नु दुखद् भएको बताइन्। सधैं पछाडि पार्ने गरिएको कर्णालीलाई अहिले पनि प्रमुख दलहरुले उपेक्षा गरेको उनको आरोप छ।

प्रदेश ६ का १० मध्ये ५ जिल्ला कर्णालीका छन्। एमालेले प्रदेशसभामा समानुपातिकतर्फ कर्णालीबाट डोल्पाकी बोहोरालाई सांसद बनाएको छ भने कांग्रेसले जुम्लाका दीनबन्धु श्रेष्ठ र मुगुकी झोवा विकलाई सिफारिस गरेको छ। एमाले र माओवादीले जस्तै कांग्रेसले पनि सुर्खेतबाट मात्रै दुई जनालाई समानुपातिक कोटाबाटै सांसद बनाएको छ। 

कर्णाली क्षेत्रलाई आफ्नो आधार क्षेत्रको दाबी गर्दै आएको माओवादी केन्द्रले भने प्रदेशसभामा समानुपातिकबाट एक जना पनि सांसद बनाएन। माओवादीले पाएको ४ सिटमा सुर्खेतका सीता नेपाली, पुष्पा घर्ती (विष्ट) सहित पश्चिम रुकुमका विमला केसी र जाजरकोटका कृष्णा शाहलाई सांसद सिफारिस गरेको छ।

प्रदेशसभामा १ सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कालीकोटकी शोसिला शाहीलाई सांसद बनाएको छ। समानुपातिकका १६ सांसदमध्ये कर्णालीबाट ४ जनाको मात्रै प्रतिनिधित्व भएको छ। बाँकी १२ जना भने कर्णालीबाहेकका जिल्लाका छन्। 

प्रत्यक्षमा पनि कम

Ncell 2
Ncell 2
nimb
nimb

समानुपातिकमा मात्र होइन प्रत्यक्षतर्फबाट पनि प्रदेशसभामा कर्णालीको उपस्थिति केही कम छ। कर्णालीमा पर्ने पाँच जिल्ला कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा प्रदेशसभाका लागि २/२ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको थियो। जसले गर्दा पाँच जिल्लाबाट १० जना सांसद प्रत्यक्षतर्फबाट प्रदेशसभामा निर्वाचित भएका छन्।

यो प्रदेशमा पर्ने कर्णालीबाहेकका पाँच जिल्लामध्ये सुर्खेत र दैलेखमा भने प्रदेशसभाका लागि ४/४ वटा निर्वाचन क्षेत्र र अन्य जाजरकोट, पश्चिम रुकुम र सल्यानमा २/२ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ। जसबाट १४ जना सांसद निर्वाचित भएका छन्।

४० सदस्यीय प्रदेशसभामा प्रत्यक्ष र समानुपातिकबाट गरी कर्णालीका १४ जना सांसदको मात्रै प्रतिनिधित्व हुने भएको छ।

यी हुन् समानुपातिकमा परेका सांसदहरु

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमालेका सांसद

मीनासिंह रखाल (दैलेख), कौशिला खत्री (जाजरकोट), बदमी बोहोरा (डोल्पा), पद्मा खड्का (सुर्खेत), देवी ओली (पश्चिम रुकुम) र राजु नेपाली (सुर्खेत) 

कांग्रेसका सांसद

दीनबन्धु श्रेष्ठ (जुम्ला), हिमबहादुर शाही (दैलेख), यज्ञबहादुर बिसी (सुर्खेत), अमृता शाही (सुर्खेत) र झोवा विक (मुगु) 

माओवादी केन्द्रका सांसद

पुष्पा घर्ती विष्ट (सुर्खेत), सीताकुमारी नेपाली (सुर्खेत), विमला केसी (पश्चिम रुकुम) र कृष्णा शाह (जाजरकोट)

राप्रपाका सांसद

सोशिलाकुमारी शाही (कालीकोट)

प्रकाशित मिति: आइतबार, पुस १६, २०७४  १५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, ७० करोड कारोबारको लक्ष्य
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने
सम्बन्धित सामग्री
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीक... आइतबार, कात्तिक ८, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
तेस्रो संस्करणको एनपीएल तयारी पूरा, ७० करोड कारोबारको लक्ष्य आइतबार, कात्तिक ८, २०८३
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्