काठमाडाैं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले विभिन्न समयमा श्रमिकहरुले निःशुल्क श्रमदान गरेका तस्बिरहरुलाई 'प्रधानमन्त्री रोजगार कार्यक्रम'सँग जोडेर व्यङ्ग्य गरिएको बताएका छन्।
राष्ट्रिय रोजगार सम्मेलनका बारेमा जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले सो कुरा बताएका हुन्।
‘विभिन्न व्यक्तिहरुले, विभिन्न पार्टीका प्रतिनिधिहरुले श्रमिकहरुले निःशुल्क श्रमदान गरेका तस्बिरहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडेर व्यङ्ग्य गरिरहनु भएको छ। तर, यसबाट झनै प्रधानमन्त्री रोजगार कार्यक्रममा भएका कमीकमजोरी सच्याएर व्यवस्थित गर्दै लैजाने अवसर प्राप्त भएको छ, ’ मन्त्री विष्टले भने।
प्रधानमन्त्री रोजगार कार्यक्रमले नेपालमा पनि रोजगारीका अवसरहरु सिर्जना भएका छन् भन्ने आशा युवाहरुमा पलाएको मन्त्री विष्टको दाबी छ। लामो तयारीका साथ कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा कमीकमजोरी नभएको दाबी गर्दै उनले कमीकमजोरी भेटिएमा गम्भीरताका साथ अध्ययन गर्ने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।