एजेन्सी- वलिउड चलचित्र 'पद्मावती'लाई भारतीय चलचित्र सेन्सर बोर्डले सेन्सरपास गर्ने संकेत दिएको छ। फिल्ममा समावेश केही विषयका साथमा फिल्मको नाम परिवर्तन गरिए फिल्म रिलिजका लागि सेन्सर पास हुन सक्ने बोर्डले संकेत गरेको हो। भारतीय सेन्सर कमिटिको बैठकमा भएको छलफल अनुसार पद्मावतीबारे उब्जिएको विवादलाई चाँडै सुल्झाउन यस्तो नियर्ण गरिएको भारतीय सञ्चार माध्यमले लेखेका छन्।
सञ्चार माध्यमका अनुसार सेन्सर बोर्डले पद्मावतीको नाम परिवर्तन गरेर 'पद्मावत' राख्न सुझाव दिएको छ। सेन्सरको सुझाबलाई अधिकांस चलचित्रकर्मीले सामाजिक सञ्जालमा ब्यंग्य गर्दै खण्डन गरेका छन्।
चलचित्र छायांकनकै बेलादेखि विवादमा मुछिँदै आएको सञ्जय लीला भन्सालीको चलचित्र पद्मावती सेन्सर पास नभएर प्रदर्शनमा आउन सकेको छैन। पद्मावतीमा दिपिका पादुकोण, रणवीर सिंह, साहिद कपुर लगायतका कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।