काठमाडौं– निर्वाचन आयोगले गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा प्रचारप्रसारका लागि प्रयोग गरिएका निर्वाचन सामग्री तत्काल हटाउन सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको छ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन सम्पन्न भएको एक महिना बित्न लाग्दासमेत कतिपय उम्मेदवार तथा राजनीतिक दलले आफ्ना प्रचार सामग्री नहटाएको पाइएकाले निर्देशन दिनुपरेको जनाएको छ।
उम्मेदवारहरुले निर्वाचन प्रचारका क्रममा राखेका निर्वाचन प्रचारप्रसार सम्बन्धी सबै किसिमका सामग्री हटाई ती स्थानलाई पूर्ववत् अवस्थामा राख्न सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार समेत गर्ने निर्णय विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।