काठमाडौं– पेनाल्टी सुटआउटमा पाराग्वेलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई ४–३ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।
९० मिनेटसम्म बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा ब्राजिलका गोलकिपर एलिसन बेकरले पहिलो पेनाल्टी रोकेका थिए भने पाराग्वेको एक पेनाल्टी बाहिर गएपछि ब्राजिलको भाग्य चम्किएको हो।
ब्राजिलका विलियन, फिलिपे कोउटिन्हो, मार्किन्होस र ग्याब्रिएल जेससले गोल गरे। ब्राजिलकै रोवर्ट फर्मिन्होको प्रहार भने पोष्ट बाहिर गएको थियो ।
पराग्वेका गुस्ताभो गोमेजको प्रहार ब्राजिलको गोलरक्षक एलिसनले रोकिदिएका थिए।
मिगुएल अल्मिरोन, बु्रनो भाल्डेज, जाउन रोड्रिगो रोजासले गोल गरे। पाराग्वेकै डेर्लिस गोन्जालेजको प्रहार भने पोष्ट बाहिर गएको थियो।
अब ब्राजिलले सेमिफाइनलमा अर्जेन्टिना र भेनेज्वेलाबीचको विजेतासँग भिडन्त गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।