• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

१ सय २५ रनको फराकिलो हारपछि वेस्टइन्डिज विश्वकपबाट बाहिरियो, भारत सेमिफाइनल नजिक

64x64
नेपाल लाइभ बिहीबार, असार १२, २०७६  २३:०९
1140x725

काठमाडौं- इंग्ल्यान्डमा जारी १२औं आइसिसी विश्वकप क्रिकेटमा भारतले वेस्टइन्डिजमाथि फराकिलो जित निकालेको छ।

म्यान्चेस्टरमा भएको खेलमा भारत वेस्टइन्डिजमाथि १ सय २५ रनको फराकिलो जित निकाल्न सफल भएको हो।

सेमिफाइनलमा स्थान बनाउन दुवै टोलीका लागि महत्वपूर्ण मानिएको खेलमा वेस्टइन्डिजले कमजोर प्रदर्शन गर्दा भारत सेमिफाइनल नजिक पुगेको छ।

समूह चरणका ३ खेल खेल्न बाँकी रहँदा भारत ६ खेलमा ११ अंकसिहत अपराजित छ र उ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। इंग्ल्यान्ड, बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी रहेको भारतका लागि सेमिफाइनलमा पुग्न अब यी ३ टोलीमध्ये एकलाई पराजित गरे पुग्छ।

क्रिकेटमा बिरलै मानिने बराबरी वा वर्षाका कारण खेल रद्द भए पनि भारतलाई सेमिफाइनल पुग्न सहज हुनेछ। अष्ट्रेलियाले यसअघि नै १२ अंकसहित अन्तिम ४ मा आफ्नो स्थान पक्का गरिसकेको छ। बाँकी सबै खेलमा पराजित भए पनि भारतले नेट रनरेटका आधारमा सेमिफाइनलमा पुग्न बलियो दाबेदारी दिनसक्नेछ।

हारसँगै वेस्टइन्डिज भने २ खेल अगावै विश्वकपबाटै बाहिरिएको छ। ७ खेलमध्ये एकमा मात्रै जित निकालेको वेस्टइन्डिज विश्वकपबाट बाहिरिने तेस्रो टोली बनेको छ। यसअघि उपाधिको दाबेदार मानिएको दक्षिण अफ्रिका र एसियाली टोली अफगानिस्तान विश्वकपको दौडबाट बाहिरिइसकेका छन्।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ६७ रनको मध्यम योगफल खडा गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

कप्तान विराट कोहलीको अर्धशतक भारतका लागि प्रेरणा बनेको थियो। प्लेयर अफ दि म्याचसमेत बनेका कोहलीले टोलीका लागि सर्वाधिक ७२ रनको पारी खेले। यो जारी विश्वकपमा उनको लगातार चौथो अर्धशतकीय पारी हो। यसअघि उनले अफगानिस्तानविरुद्ध ६७, पाकिस्तानविरुद्ध ७७ र अष्ट्रेलियाविरुद्ध ८२ रन जोडेका थिए।

आजको खेलमा बनाएको ७२ रनको पारी सँगै उनी सबैभन्दा छिटो २० हजार अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी बनेका छन्। सचिन तेन्दुलकर र राहुल द्रविडपछि यो आँकडा पार गर्ने उनी तेस्रो भारतीय ब्याट्सम्यान हुन्।

यस्तै भारतका विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले ५६, केएल राहुलले ४८ र हार्दिक पान्ड्याले ४६ रनको योगदान दिए। निकै उछाल आउने पिचमा भारतका ब्यट्सम्यानले वेस्टइन्डिजका बलरहरुका अघि निकै सुझबुझपूर्ण ब्याटिङ गरेका थिए।

किनकी यस्तो पिचमा वेस्टइन्डिजका उचो कदका बलरहरुले अधिकतम फाइदा लिन सक्थे। यसकारण पनि भारतलाई वेस्टइन्डिजले मध्यम योगफलमा रोकेको थियो।

वेस्टइन्डिजका लागि केमार रोचले ३ तथा जसोन होल्डर तथा सेल्डन कोट्रेलले समान २/२ विकेट हात पारे।

२ सय ६८ रनको लक्षसहित मैदानमा उत्रिएको वेस्टइन्डिजको सुरुवात राम्रो हुन सकेन। भारतका लागि खतरनाक आँकलन गरिएका विस्फोटक ब्याट्सम्यान क्रिस गेल ६ रनको व्यक्तिगत स्कोरमै पेवेलियन फर्किए। उनलाई मोहम्मद सामीले केदार जाधवको हातबाट क्याच आउट गराएका थिए।

वेस्टइन्डिजको स्कोर १६ रन पुग्दा उसले अर्को विकेट गुमायो। यसपटक आउट हुनेमा थिए साही होप र विकेट लिनेमा थिए उनै मोहम्मद सामी।

केही समय सम्हालिएर खेलेको वेस्टइन्डिज एक समय ७१/२ को अवस्थामा थियो। तर, विकेट गुमाउने सिलसिला नरोकिएपछि वेस्टविन्डिजले थप ७२ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो।

उसका लागि निकोलस पुरनले सर्वाधिक २८ तथा सिम्रोन हेटमेयरले १८ रनको योगदान दिए। वेस्टइन्डिजका ६ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

वेस्टइन्डिजलाई दबाबमा राख्ने क्रममा मोहम्मद सामी एक्लैले ४ विकेट लिए। यसका लागि उनले ४.२ ओभरमा मात्र १६ रन खर्चिएका थिए। यसअघि पनि उनले अफगानिस्तानविरुद्धको खेलमा ह्याट्रिकसहित ४ विकेट लिएका थिए।

भारतका जस्प्रित बुम्राह र युजवेन्द्र चाहलले सामान २/२ विकेट हात पारे।

अब भारतले आगामी आइतबार आयोजक इंग्ल्यान्डको सामना गर्नेछ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०७६  २३:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो मंगलबार, भदौ ९, २०८३
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी मंगलबार, भदौ ९, २०८३
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ मंगलबार, भदौ ९, २०८३
भारतको सहयोगमा निर्मित श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्