काठमाडौं- लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योगले पानकिङ ब्रान्डको सुर्तिजन्य गुट्खामा अन्तःशुल्क स्टिकर नलगाई बिक्री बितरण गरेको आरोपमा राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।
विभागले २९ करोड १८ लाख ५८ हजार विगो र त्यसको दोब्बरसम्म ५८ करोड ३७ लाख १६ हजार जरिवानासहित कुल डठ करवड ५५ लाख ७४ हजार रुपैयाँ असुल र ३ वर्षसम्म कैदको मागसमेत राखेर बारा जिल्ला अदालतमा मुद्दा हालेको हो।
लुम्बिनी पान मसलाबाट बरामद भएका मालवस्तुमध्ये २४ हजार पाउच पानकिङ गुट्खामा अन्तःशुल्क टिकट टाँस नभएको भेटिएको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
विभागले ३ हजार ८ सय ६८ पाउचमा आन्तरिक राजस्व विभागको ७० एम एम फिल्टर चुरोटमा प्रयोग हुने अन्तःशुल्क टिकट टाँस भएको र बाँकी ४ हजार १ सय ३२ पाउचमा आन्तरिक राजस्व विभागको खैनी र गुटखा/पानमसलामा टाँस गर्ने अन्तःशुल्क टिकट टाँस गरेको अवस्थामा बरामद गरेको थियो।
यसमा लुम्बिनी पान मसलाका अब्दुल्लाह मुसलमानलाई ३३ करोड ६ लाख ३३ हजार, न्यू पश्चिमाञ्चल ट्रेडर्सका मोहम्मद रेहानलाई ११ करोड ४७ लाख ३० हजार माग दावीसहित मुद्दा दायर गरिएको छ।
साईन ट्रेडर्सका भरत अधिकारीलाई दुई करोड ३६ लाख २२ हजार जरिवाना माग गर्दै मुद्दा हालिएको छ।
भारतीय नागरिक वन्दना सानी पोटफोडे समेतका विरुद्ध विदेशी विनिमय अपचलनमा १० करोड,७६ लाख ५६ हजार रुपैयाँ जरिवाना दावी गरिएको छ।
यसैगरी बिरेन्द्र बहादुर कुर्मी क्षेत्री प्रोप्राईटर रहेको एच एन्ड बी ट्रेड कन्सर्नलाई पनि तीन करोड ९७ लाख जरिवाना दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।