काठमाडौं- नेपाल राष्ट्र बैंकले मर्जरका लागि आवश्यक तयारी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
बिहीबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समिति अध्यक्ष सम्मिलित बैठकपछि मौद्रिक नीति अगावै मर्जमा जानका लागि निर्देश दिएको हो।
राष्ट्र बैंकले पछिल्लो समय संस्थागत सुशासनमै ठूलो समस्या देखिन थालेको समेत औंल्याएको छ।
दैनिक कार्य सञ्चालनमै सञ्चालक समिति र प्रवर्द्धकहरुले प्रभावित गर्ने गरेको, स्वनियमनमा समस्या रहेको, राष्ट्र बैंकले जनाएको हो।
बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको, स्वनियमनमा बैंकहरु कमजोर हुँदै गएको, व्यवस्थापन जोखिम बढ्दै गएको तरलता अभावको समस्या नसुल्झेकोलगायत कारण देखाउँदै राष्ट्र बैंकले बिग मर्जरको नीति लिएको हो।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी बढाउन सक्ने संकेत गर्दै फोर्स मर्जरका लागि तयार भएर बस्न वाणिज्य बैंकहरुलाई सचेत गराएको हो।
बैंकहरुलाई स्वेच्छिक रुपमा मर्जरका लागि राष्ट्र बैंकले उत्प्ररित गर्ने र त्यसो हुन नसके मौद्रिक नीति मार्फत बाध्यकारी व्यवस्था ल्याएर भएपनि बिग मर्जर गर्ने नीति राष्ट्र बैंकले दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।