काठमाडौं- निमा लामा तामाङको निर्देशन तथा दिलकुमार घलाङ तामाङको निर्माणमा बनेको ‘ए सोल्टिनी’ फिल्मको पोस्टर, गीत र ट्रेलर एकसाथ सार्वजनिक गरिएको छ।
फिल्मको ट्रेललरलाई युट्युबमार्फत सार्वजनिक गरिएको छ भने गीत केही दिनपछि मात्र दर्शकसामु पुर्याउने निर्माता दिलकुमार तामाङले बताए।
सार्वजनिक ट्रेलरमा कमेडी र प्रेम प्रस्तुत गरिएको छ। अस्ट्रेलिया लगायतका विभिन्न देशमा विशेष शो गरिएपछि मात्रै नेपालमा फिल्म प्रदर्शन गरिने निर्माता दिलकुमारले दिए। नेपाली ग्रामीण परिवेशसँग सुहाउँदो भएकाले दर्शकले रुचाउने निर्माण पक्षको दाबी छ।
अभिनेता सविनले फिल्मको स्क्रिप्ट मन परेकाले अभिनय गरेको बताउँदै नयाँ टिमसँग काम गर्दा बेग्लै अनुभव भएको सुनाए।
फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङ लगायतका कलाकारको अभिनय छ।
काठमाडौ उपत्यका र चितवनका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको प्रस्तुतकर्ता पूर्णी तामाङ हुन्। विश्वास भण्डारीको छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ। राज गोलेको द्वन्द्व निर्देशन रहको फिल्मम अभि लामाले कोरियोग्राफी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।