काठमाडौं– फिल्म 'राज्जा रानी'को मैथिली भाषाको पोष्टर र ट्रेलर सार्वजनिक गरिएको छ। नेपाली र मैथिली गरी दुई भाषामा एकैसाथ पुष २१ गते उक्त फिल्म रिलिज हुँदैछ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा र बाल विवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालको संयोजक राज कुमार महतोले संयुक्त रुपमा उक्त पोष्टरहरु वीरंगजमा सार्वजनिक गरेका छन्। रमेश एमके पौडेल र राज कुमार महतोको निर्माण तथा प्रस्तुती रहेको फिल्मको यसअघि नेपाली भर्सनको पोष्टर सहित मिथिला सहित प्रदेश नम्बर १ र २ क्षेत्रका दर्शकहरुलाई थप आकर्षित गर्न मैथिली तथा भोजपुरी २ वटा थप पोष्टरहरु तयार गरी सार्वजनिक गरिएको हो।
फिल्ममा नायक नाजीर हुसेन र केकी अधिकारी मुख्य भूमिकामा छन्। यम थापा निर्देशित फिल्मको सम्पुर्ण छायांकन बांके जिल्लामा गरिएको हो । प्रेमकथामा आधारित फिल्ममा केकी र नाजिरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।