काठमाडौं– राष्ट्रिय जनता पार्टी(राजपा)ले प्रदेशसभा तर्फको समानुपातिक सूची निर्वाचन आयोगलाई बुझाएको छ।
सामानुपातिक सूचीमा अध्यक्ष मण्डलका एक सदस्य अनिल झाकी श्रीमती डिम्पलकुमारी झा समेत परेकी छिन्। झाले अघिल्लो संविधानसभामा पनि प्राप्त एक सिटमा आफ्नै श्रीमतीलाई पठाएका थिए।
प्रदेश नम्वर २ मा १० सिट पाएको राजपाले अन्तिम दिन निर्वाचन आयोगमा शुक्रबार सूची बुझाएको हो।
अध्यक्ष मण्डलहरुको बैठकले प्रदेश २ का १०, प्रदेश ५ र ७ प्राप्त भएको १–१ सिटका लागि सांसद छनोट गरेको हो । प्रदेश २ मा सात महिला र तीन पुरुष सिफारिस भएको महासचिव केशव झाले बताए।
यी हुन् प्रदेश २ का समानुपातिक सांसद
१. बविता चौधरी
२. निलम देवी भुमिहारिन
३. अन्जु कुमारी
४. पुनम यादव
५. विभा ठाकुर
६. डिम्पल झा
७. राम नरेश राय
८. जानकी शरण साह
९. राम प्रवेश बैठा
१०. लैला खातुन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।