काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी गरेपछि निर्वाचन आयोगको सक्रियता बढेको छ। राष्ट्रियसभा निर्वाचनको मितिबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न निर्वाचन आयुक्तहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादव, आयुक्तहरु इश्वरीप्रसाद न्यौपाने, इला शर्मा, नरेन्द्र दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुटार पुगेका हुन्।
निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्रीबीच राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने विषयमा छलफल भइरहेको छ।
आयोगका पदाधिकारीसँग प्रधानमन्त्रीले माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचन मिति, प्रतिनिधिसभाको समानुपातिकतर्फको सूची सार्वजनिक गर्ने लगायत विषयमा परापर्श गरेको एक आयुक्तले बताए।
प्रदेशतर्फ समानुपातिक सूचीमा पर्ने सांसदहरुको अन्तिम नामावली बुझाउने अन्तिम दिन प्रधानमन्त्री निवासमा आयोगका पदाधिकारी पुगेका हुन्। राष्ट्रपतिबाट अध्यादेश आएपछि राष्ट्रियसभा गठनमा कुनै समस्या नरहेको र तत्काल गठन प्रक्रिया सुरु गर्नुपर्ने नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलले माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।