• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख ८, २०८३ Tue, Apr 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

निजामति सेवामा खसआर्यका लागि पनि आरक्षण माग, ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न जोड

64x64
नेपाल लाइभ बुधबार, असार ११, २०७६  ०५:३०
1140x725

काठमाडौं- निजामति सेवाको वर्तमान आरक्षण प्रणाली संशोधन गर्दै आर्थिक रुपमा कमजोर वर्ग (खस आर्यसमेत)को प्रतिनिधित्व सुनिश्चित गर्न सांसदले माग गरेका छन्। संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दै सांसदले आर्थिक रुपमा पछि परेकालाई आरक्षण दिनु न्याय संगत हुने तर्क अघि सारेका हुन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले आर्थिक रुपमा पछि परेकालाई आरक्षण दिनु न्यायसंगत हुने बताए। संविधानले खस आर्यलाई पनि समेटेको बताउँदै उनले भने, 'आर्थिक रुपमा पछि परेकालाई छनौट गरौं। समावेशी बनाउँदा खस आर्यलाई पनि समेटौँ। आरक्षण प्रणालीमा आर्थिक अवस्था कमजोर भएका र पछि पारिएकालाई आधार बनाइयोस्। खस आर्य भएपनि पछि पारिएकाहरु छन्। उनीहरु वर्तमान आरक्षण प्रणालीका कारण झन् पछि परेका छन्।'

उनले उपदफा थपेर भएपनि यो विषय समेट्नुपर्नेमा जोड दिए। आर्थिक रुपमा पछि परेका सबै वर्ग आरक्षणभित्र राख्न गरिबी निवारण मन्त्रालयले दिने परिचय पत्रलाई आधार बनाउन सकिने बताए। नेकपा सांसद यशोदा सुवेदी गुरुङले पनि खसआर्य समेत आरक्षणमा समेट्न सुझाइन्।

nimb
nimb
Ncell 2
Ncell 2

कुनै समुदाय वा जातिमा जन्मिदैमा कोही सम्पन्न नहुने भन्दै नेकपा सांसद झपट रावलले वर्तमान आरक्षण प्रणालीमाथि प्रश्न उठाए। समानता र रोजगारीको हक विपरितको व्यवस्था भएको भन्दै उनले सुदूरपश्चिमको उदाहरण दिए। 'खस/आर्य बाहुल्य भएको प्रदेश हो त्यो। के त्यहाँ सबै सम्पन्न छन्?  त्यहाँका खस/आर्यलाई आरक्षण दिएर राज्यको मूलधारमा ल्याउन किन हुँदैन?' उनको प्रश्न थियो,  'कुनै व्यक्ति कुनै जातमा जन्मिनु उसको अभिशाप हो?' उनले पनि आर्थिक सपन्नता र विपन्नताको आरक्षणको आधार बनाउनुपर्नेमा जोड दिए।

सांसद नवराज सिलवालले रावलले उठाएको कुरा संवेदनशील रहेको बताउँदै प्रत्येक १० वर्षमा आरक्षणको व्यवस्थालाई पुनरवलोकन गर्दै जानुपर्ने नीति लिनुपर्ने बताए। उनले दिनमा एक डलर पनि नकमाउने र आर्थिक बहिष्करणमा परेका समूहलाई हेर्नुपर्ने जनाए। उनले भने, 'जतिबेला हामीले ४५ प्रतिशत आरक्षण सुरु गरेका थियौँ। त्यो समय र अहिले धेरै फरक भइसक्यो। सामाजिक रुपमा पछि परेकाहरु अहिले माथि उठेका छन्। अब आर्थिक बहिष्करणमा परेकालाई आरक्षणमा ल्याउनुपर्छ।'

५० प्रतिशत महिलाको प्रतिनिधित्वमा जोड
विधेयकको आरक्षण व्यवस्थामाथि छलफल गर्ने क्रममा अधिकांस सांसदहरुले निजामति कर्मचारीमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत सुनिश्चित गर्न जोड दिए। समग्र कोटाको ५० प्रतिशत महिलालाई आरक्षण दिन नेकपा सांसद यशोदा सुवेदीले जोड दिइन्। त्यो ५० प्रतिशत महिलाभित्र दलित,  जनजाति, विपन्न र अपांगता भएका महिलाई कोटा छुट्याउन आग्रह गरिन्। आफूहरुले ४९ प्रतिशत महिलाका लागि आरक्षण भनेर संसोधन ने हालेको अवगत गराउँदै त्यसलाई ५० प्रतिशत बनाउन प्रस्ताव गरिन्।  

सांसद रेखा शर्माले हरेक क्लस्टरबाट ५० प्रतिशत महिला आउने व्यवस्था गर्न सुझाइन्। समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र श्रेष्ठले पनि ५० प्रतिशत महिला आउने व्यवस्थामा सहमति जनाए।

नेकपा सांसद नवराज सिलवाल र कांग्रेस सांसद डिला संग्रौलाले भने नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत रहेको भन्दै प्रतिनिधित्व पनि सोही अनुपातमा हुनुपर्नेमा जोड दिए। सांसद सिलवालले भने, '५१ प्रतिशत महिलाको जनसंख्या छ भने सय जनामा ५१ जना महिला प्रतिनिधित्व गर्ने व्यवस्था गर्नुपर्छ।'

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  ०५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य बढ्यो
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता मंगलबार, वैशाख ८, २०८३
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्