काठमाडौं– फिल्म ‘शत्रु गते’ को गीत रिलिज भएको छ। अंग्रेजी नयाँ वर्षको अवसरमा गीतलाई नयाँ वर्षकोअवसर पारेर सार्वजनिक गीत ‘रुपै मोहनी’मा तीन पुस्ताका जोडीले नृत्य गरेका छन्। हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियका कार्कीं र पल शाह र आँचल शर्माले जोडीका रुपमा गीतमा कम्मर मर्काएका हुन्।
कविराज गहतराजको निर्देशनमा तयार भएको गीतलाई दीर्घ गुरुङले खिचेका हुन्। लोकराज अधिकारीले लखेको गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। मीना निरौला र टंक बुढाथोकीले स्वर दिएका छन् । फिल्म ‘जात्रा’का निर्देशक प्रदीप भट्टराईले फिल्मलाई निर्देशन गरेका छन्। फिल्म चैत्र ९ गते रिलिज हुने भएको छ।
हेर्नुहोस् भिडियो –
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।