जनकपुर- प्रदेशमा बढ्दो महिला हिंसालाई निरुत्साहित गर्न प्रदेश २ सरकारले प्रदेशभित्रका सामुदायिक विद्यालयहरुमा ‘आत्मरक्षा’ कार्यक्रम सुरु गरेको छ।
बलात्कार र महिलाहरुमाथि हुने गरेको हिंसालाई कम गर्ने उद्देश्य अनूरूप प्रदेश सरकारले विद्यालयहरुमा छात्राहरुको लागि ‘आत्मरक्षा’ कार्यक्रम मंगलबार सामजिक विकासमन्त्री नवलकिशोर साहले उद्घाटन गरेका हुन्।
सामाजिक विकास मन्त्रालयले प्रदेश २ भित्र सामुदायिक विद्यालयहरुमा ‘आत्मरक्षा’ कार्यक्रमको सोमबारदेखि नै शुभारम्भ गरेको बताएका छन्।
जनकपुरको सरस्वती माविमा ‘आत्मरक्षा’ कार्यक्रमको उद्घटान गर्दै मन्त्री साहले भने, ‘विभिन्न समस्याकाबीच आफुले यो कार्यक्रम खास गरी चेलीहरुको लागि ल्याएको र यो तालिम लिएर छोरीचेली आफ्नो रक्षा गर्ने विश्वास बढ्ने छ।’
प्रदेश २ अन्तर्गत समुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा सम्बन्धी विशेष प्रकारको तालिम र शिप दिने कार्यक्रमहरु सञ्चालन हुने र यसबाट छात्राहरुले लाभ लिनेमा आफू विश्वस्त रहेको मन्त्री साहले बताएका हुन्।
उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेंद्र यादवले प्रदेश २ मा मात्र भनई सिंगै मुलुकमा महिला हिंसा बढेको प्रति चिन्ता व्यक्त गरे।
उनले महिला हिंसा रोक्न आत्मरक्षा कार्यक्रम कोशेढुंगा सावित हुनेमा आफू विश्वस्त रहेको बताए। कार्यक्रमलाई संबोधन गर्दै कानूनमन्त्री यादवले छोरीले आफ्नो सुरक्षा आफैँ गर्न सक्ने सक्षम बनाउन यो कार्यक्रम सुरु भएको छ।
नेपालमा प्रदेश २ मा महिला साक्षरता दर एकदम कम रहेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री यादवले हामीले हाम्रो साक्षर दर बढाउदै लिएर जाने र छात्राहरुलाई आत्म रक्षा गर्न बनाउँने हिसाबको सबैले आफ्नै स्थानबाट सयोग गर्नु पर्ने बताए।
प्रदेश २ सरकारले सुरु गरेको यो कार्यक्रममा छात्रालाई कौशलकला, मार्शल आर्ट, कराते, जमन्यास्टिक, कान्ताहरु सिकाइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।