ललितपुर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमुख एजेन्डा भएको बताएका छन्।
शुक्रबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा जनताबीच गरेका प्रतिबद्धता पूरा गर्दै देशलाई शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउने बताए।
'कतिपयलाई लाग्ला, युद्धको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्छ। जसले युद्धको नेतृत्व गरेको हुन्छ, त्यसलाई नै शान्तिको महत्व सबैभन्दा बढी थाहा हुन्छ,' उनले भने, 'अशोका पहिले युद्धका कमान्डर थिए, पछि शान्तिका प्रवर्तक भएर बुद्धको सन्देश विश्वभर फैलाए।'
आफूहरुको युद्ध पनि शान्ति र सुशासनका लागि रहेको भन्दै उनले अहिले त्यही संकल्पमा लागिरहेको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।