काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) गुठी विधेयक राष्ट्रियसभाबाट फिर्ता, भ्रम सिर्जना गरिएकाले वास्तविकता राख्ने ठाउँ नभएको मन्त्री अर्यालको दुखेसो
२) विश्वमा राम्रो काम गरिरहेका चिनियाँ कम्पनीको काम नेपालमा सुस्त भएकोमा चिनियाँ राजदूतसँग ऊर्जामन्त्री पुनको चासो, गहिरो अध्ययन र अनुसन्धान गरिरहेको तर्क
३) त्रिभुवन विमानस्थल असार १६ देखि पुनः २१ घन्टै सञ्चालनमा आउने, रन–वे पिच परिवर्तनको काम अन्तिम चरणमा
४) सन् २०२६ को शीतकालीन र पाराओलम्पिक आयोजनाको जिम्मेवारी इटालीलाई, पछि परे चार शहर
५) र, कङ्गोमा इबोलाबाट १० महिनामा १ हजार ५ सयको मृत्यु, २ हजार २ सय ३९ जना बिरामी ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।