काठमाडौं– पल्सर स्पोर्टस् अवार्डको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक गरिएको छ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई यो अवार्ड प्रदान गर्दै आएको छ। वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक गरी चार विधामा पर्ने खेलाडी तथा प्रशिक्षकको नाम मंगलबार पत्रकार सम्मलेन गर्दै सार्वजनिक गरिएको हो।
यसपटक ९ विधाका खेलाडी र एक अन्तराष्ट्रिय खेल पत्रकारले यो अवार्ड पाउने भएका छन्। अवार्ड आउँसो असार १७ गते आयोजना हुँदैछ।
वर्ष उत्कृष्ट पुरुष खेलाडी
पारस खड्का, सोमपाल कामी (क्रिकेट), शुक्रबहादुर राई (गल्फ), इन्द्रबहादुर श्रेष्ठ (जुडो), युकेश गुरुङ (पाराग्लाइडिङ)
वर्ष उत्कृष्ट महिला खेलाडी
सरस्वती चौधरी (भलिबल),सावित्रा भण्डारी (फुटबल) सीता रानामगर (क्रिकेट), निमा गुरुङ (तेक्वान्दो) र मनिता श्रेष्ठ प्रधान (जुडो)
वर्ष उत्कृष्ट युवा खेलाडी
ललितनारायण राजवंशी (क्रिकेट), अञ्जलीकुमारी योञ्जन (फुटबल), अजितकुमार यादव (एथ्लेटिक्स), प्रिन्स दाहाल (ब्याडमिन्टन), विजय श्रेष्ठ (कराँते)
वर्ष उत्कृष्ट प्रशिक्षक
हरि खड्का (फुटबल), जगत टमाटा (क्रिकेट), योगेश भट्टराई (पाराग्लाइडिङ), धनीराम चौधरी (एथ्लेटिक्स) र ज्ञानेन्द्र बिष्ट (भलिबल)
- तस्बिर : खेलपाटी डटकम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।