• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन ३, २०८२ Sun, Feb 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कथा : युवा हराएको सूचना

64x64
नेपाल लाइभ शुक्रबार, पुस १४, २०७४  ०६:५९
1140x725

म हराएको सूचना कसले दियो? देशले? कि कोही व्यक्तिले? दाइलाई एकाएक  तनाव बढेछ। सूचनाको स्रोत मलाई त थाहा थियो। तर दाइलाई भन्ने आँट गरिनँ। सूचना कसले दियो? दाइ जिद्दी गर्न थाले।

***

बेरोजगारहरुको लाइनमा उभिएको अर्को बेरोजगार। रोजगारी मात्र नभएको होइन, रोजगारी  नभएपछि अरु कुरा पनि नहुँदो रहेछ।

'विदेश जाने हो, पैसा कमाउने हो। पैसा छ, सबथोक छ' डाइलग दुई महिनाअघि विदेशतिर हानिएको साथीले हानेको थियो।

जे गर्नुपर्छ, आफ्नै देशमा गर्नुपर्छ भन्ने आदर्श अझै जीवित नै थियो। लोकसेवामा नाम र थर निकाल्ने आस जस्तै।

लोकसेवा दिएको तीन पल्टमा चाहिँ केही हुन्छ कि भन्ने झिनो आस बाँकी नै थियो। तेस्रो चोटिमा निसाना पक्कै लाग्छ भन्ने कुरा लक्कुढाल खेलेर सिकेको ज्ञान अझै ताजै छ।

सँगै पढेका अलिअलि दाम हुनेहरू अस्ट्रेलियातिर हानिए। सोर्स हुनेहरु केही आइएनजिओतिर छिरे। न सोर्स न दाम हुनेहरू म जस्तै लोकसेवा-लोकसेवा भन्दै फुक्ने उमेरमा सुकिरहेका छन्। लाग्छ, नाम ननिस्केर भन्दा पनि हामी तनावले ख्याउटे भएका हौं। त्यही तनाव पोख्न ख्याउटे समूह नै बनाएका थियौं फेसबुकमा।

धेरै जनाको पीडा एउटै भएपछि मनले चित्त बुझाउँदो रै'छ। अनि लाग्छ, जिन्दगी भनेको यही मनलाई खुसी पार्नु हो। चित्त बुझाउनु हो। चित्त बुझाउन अर्का योगी विकासानन्दले सहयोग गरेका छन्, नत्र उहिल्यै बिहानीको किरणसँगै अखबारमा खबर छापिएको हुन्थ्यो होला।

Ncell 2
Ncell 2

***

लक्कुढालमा तीन पटक लगाएर ढुंगा ढाल्न सफल भएजसरी नाम निकाल्न सफल भइयो। तर, अन्तर्वार्तामा चिप्लियो।

अन्तर्वार्ता नभई भाग्य चिप्लिएको भान भयो। भाग्य चिप्लिँदा अक्सर मन हतास हुँदो रै'छ। मन थेच्चारिँदा पनि हाँस्न मन लागिरहेछ। हा हा हा। विकासानन्दकै भूत चढेको हुनुपर्छ।

देशमै केही गर्ने भनेर सँगै पढेका हामी तीनै जना देशभक्तहरुको भाग्य चिप्लियो।

- 'अब के गर्ने यार?' बाले बोल्यो।

- 'लोकसेवामा नाम निकालेर कर्मचारी हुनुभन्दा चट्ट लगाएर बिहे गर्ने, गृहमन्त्रीको पति भएर बस्ने हो', तनावमा मजाकको शैलीमा सुदीपले उत्तर फ्याँक्यो।

- 'अनि सुदीप सरकार, सरकार चैं कसरी चलाइन्छ त? बा-आमाबाटै कर असुली गर्ने भयौ कि क्या हो !' सम्झाउने भावमा एक वाणी पेल्छु।

- 'राजा ! कर्कट राशि हो मेरो। गृहमन्त्री आएपछि भाग्य चम्किन्छ रे ज्योतिषीले भन्या', ज्योतिषीमा बढी नै विश्वास गर्ने सुदीप बोल्यो।

- 'लोकसेवामा'नि नाम थर दुवै निस्केछ नि सरकारको उसो भए! ऊ भित्तामा टास्याँ छ हेर त सुदीप पाण्डे। हा ! हा ! हा !' बाले जिस्किन खोज्यो।

रत्नपार्कमा उसले हात हेराएको रहेछ। सरकारी जागिरको योग रहेको बताउँदै ज्योतिषीले ढाडस दिएको कुरा सुदीपले लिखितमा नाम निस्किएपछि भनेको थियो।

बालेको जवाफपछि सुदीप चुप भयो। चुपचाप हामी पनि भयौं। अन्तर्वार्तामा चिप्लिएपछि चुपचाप  नहुनुको विकल्प पनि थिएन।

- 'के गर्ने त अब?' सुदीपले मुख फोर्‍यो।

- 'अब प्राइभेट जिन्दावाद!' बाले बोल्यो।

- 'अनि म? थाहा छैन', भित्रभित्रै बरबराउँछु।

- 'रात पर्‍यो?, अब छुटौं होला', म बोलेँ।

- 'के गर्ने भनेर निष्कर्ष कहिले निकाल्ने?' बाले बोल्यो।

- 'अब भोलि यहीँ भेटौं।' 

एकै स्वरमा 'हुन्छ' निस्कियो।

- 'हाम्रो त गोजी टकटक्याउँदा धूलो मात्र निस्किन्छ, पैसा त परको कुरा। बाले तिमी देऊ है।'
उसले 'नाइँ' नभनी दियो। 

- 'यस्ता साथी कहाँ पाउनु!' म उसलाई फुर्क्याउँछु।

- 'त्यही भन्या', सुदीप हाँस्यो। बाले मुस्कुरायो र हामी त्यहाँबाट छुट्टियौं।

***

बाटोमा हिँड्दा नानाथरी कुराले तनाव भइरह्यो। कोठामा पुगेँ, तर मन अन्तै कतै छ। केही गर्ने चाहना, केही बन्ने चाहनामा मन घुमेको छ। यो चाहना मेरो मात्र होइन। बा-आमाको पनि हो, छिमेकीको पनि हो, अनि समाजको पनि।

रातभर निद्रा परेन। दिमागमा विचारहरुको ओइरो लागिरहेको थियो। कुन्नि घान कसले हाल्दै थियो। विचारहरुको ओइरोले म गलिसकेको थिएँ। म मात्र होइन, मेरो नसाहरु पनि थकित थिए। ती थकित नसाबाट देशभक्ति कतिखेर उत्रेछ, पत्तो पाइनँ।

- 'दाइ दिल्लीमा काम पाइन्छ कि पाइँदैन', केही वर्षअघि दिल्ली छिरेका दाइलाई फोन गर्छु।

- 'आउने विचार गरिस् कसो? आइज, काम नपाइने कुरै छैन नि। एक वर्ष जति काम गरेर राम्रै देश जानुपर्छ।'  

हप्ताभित्रै आइपुग्ने वाचा गर्दै फोन काटेँ।

दाइको कुरा सुनेर ठूलो आनन्द आयो। हराएको निद्रा फेरि फर्किएर आयो। तनावमा साथ दिने भगवान् नै हुन् कि झैं मनले ठान्दो रै'छ।

***

बिहानको ११ बजिसकेछ। सुदीपले हानेको फोनको घन्टीले ब्युझिएँ। उसले बोलायो- 'बाले पनि आइसकेको छ, छिटो आऊ।'

आज हामी एउटै कारणले भेला भएका छौं। नत्र अरुबेला हामीलाई भेट्न कारण चाहिँदैन थियो। चिया मगाइयो। पसलेले चुरोट देखाउँदै सोधे। 

'हामी खाँदैनौं', उत्तर फर्काएँ। धूवाँ उडाउँदै गरेकी एक युवतीले घुरेर हेरिन्।

- 'के गर्ने भइयो त?' बाले बोल्यो।

- 'म चैं गाउँ जाने हो। गर्लफ्रेन्डले बिहे गरम कि गरम भनेर किचकिच गर्दै छे। बिहे हान्दिने हो केटा हो! अनि काम खोजूँला। कति तनाव लिनु!' सास नरोकी सुदीप बोल्यो।

- 'भनेसी भाग्य चम्किने आस अझै छ राजाको!', म बोल्छु।

ऊ हाँस्छ र फिल्मी शैलीमा बोल्छ, 'अरे यार सास हे तो आस हे।' लगत्तै मलाई सोध्छ, 'अनि तिमी के गर्ने भयौ त?'

- 'अब दिल्लीतिर लागेर अर्को वर्ष कंगारुको देश जानुपर्ला भन्ने योजना बन्यो', म बोल्छु।

- 'ओहो! देशभक्त बाबुको देशप्रतिको प्रेम कता चिप्लियो?' बाले प्रश्न गर्छ।

सुदीपले पनि सांकेतिक प्रश्न गर्छ। लाग्छ, उत्तर जान्नकै लागि उनीहरुको मन तड्पिरहेको छ।

- 'बाध्यताको लात परेसी देशभक्ति मर्दो रै'छ केटा हो', म सिरियस हुन खोज्छु।

- 'भाँडमे जा देशभक्ति', बालेले क्रोध निकाल्न खोज्यो।  

- 'अनि बाले तिमी चैं के गर्ने भयौ?' म प्रश्न गर्छु।

- 'अन्तर्वार्तामा एउटा बैंकले बोलाको छ। केही होला कि भन्ने आस छ। नभए कंगारुको देश जिन्दावाद!', उसले सजिलै भन्यो।

- 'केटाहरुले देशभक्ति पोलेर नै खाएछन् नि', सुदीपले आफूमा देशभक्ति बाँकी रहेको देखाउन खोज्यो।

- 'अब आफू बन्ने हो', म स्वार्थी हुन खोज्छु।

सुदीपले पनि कंगारुको देश आउन सक्ने सम्भावना बतायो। त्यसपछि हामी एक-अर्कालाई बधाई दिँदै छुट्टियौं। सुरुवाती चरणमा बालेलाई अन्तर्वार्तामा सफल हुने, सुदीपलाई बिहेको लागि अनि मेरो भागमा दिल्लीतिरको बधाई पर्‍यो।

***

साथीसँग छुट्टिनुको एउटा पीडा भए पनि भविष्यको अलिकति टुसा कतै मनभित्र पलाएको थियो । म आफ्नो योजना अनुसार अघि बढेँ।

देश छाड्न मलाई पहिलो पल्ट घर छाडेर काठमाडौं आएभन्दा गाह्रो भयो। देशलाई थाहा दिएर नै म अर्को देश आएँ। थाहा छैन, देशले म हराएकोमा चिन्ता गर्छ कि गर्दैन!

म दिल्लीतिर अघि बढेँ। दाइसित भेट भयो। काम पनि राम्रै पाइयो। दिनभर काम गरेर थकित अवस्थामा रहे पनि नेपाली समाचार हामी अक्सर हेर्थ्यौं। दाइ चाहिँ खासै हेर्न मन गर्दैन थिए।

एकदिन टेलिभिजन हेर्दै गर्दा अचानक मेरो तस्बिरसहित आवाज गुञ्जियो-

'युवा हराएको सूचना ! 

नाम : नितिन आचार्य, गहुँगोरो वर्णको, कसैले फेला पार्नुभएमा ९८४२.... नम्बरमा सम्पर्क गर्नुहोला।'

एकाएक आफू गुमनाम भएको खबर टेलिभिजनमा गुञ्जिँदा म छक्क परेँ। देशले सम्झिँदो रै'छ भनेर एक मनमा खुसी पनि लाग्यो।

साँच्चि, हराएको सूचना कसले दियो ? देशले कि कुनै व्यक्तिले? बा-आमालाई त भनेकै थिएँ। साथीहरुलाई पनि थाहा थियो। बेरोजगारसँग प्रेमिका हुने कुरै भएन। कसले दियो भन्ने कुराले दिमाग फनफनी घुम्न थाल्यो।

'ओइ केटा, सम्पर्क नम्बरमा त तेरै नम्बर छ त। आफैं दिइस् कि क्या हो सूचना? हँ?'  दाइ एकोहोरो प्रश्न सोध्दै थिए।

म केही नबोली फिस्स हाँसी मात्र रहेँ।

प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४  ०६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ)
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता शनिबार, फागुन २, २०८२
छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै शनिबार, फागुन २, २०८२
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन शनिबार, फागुन २, २०८२
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ) शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्