• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कथा : युवा हराएको सूचना

64x64
नेपाल लाइभ शुक्रबार, पुस १४, २०७४  ०६:५९
1140x725

म हराएको सूचना कसले दियो? देशले? कि कोही व्यक्तिले? दाइलाई एकाएक  तनाव बढेछ। सूचनाको स्रोत मलाई त थाहा थियो। तर दाइलाई भन्ने आँट गरिनँ। सूचना कसले दियो? दाइ जिद्दी गर्न थाले।

***

बेरोजगारहरुको लाइनमा उभिएको अर्को बेरोजगार। रोजगारी मात्र नभएको होइन, रोजगारी  नभएपछि अरु कुरा पनि नहुँदो रहेछ।

'विदेश जाने हो, पैसा कमाउने हो। पैसा छ, सबथोक छ' डाइलग दुई महिनाअघि विदेशतिर हानिएको साथीले हानेको थियो।

जे गर्नुपर्छ, आफ्नै देशमा गर्नुपर्छ भन्ने आदर्श अझै जीवित नै थियो। लोकसेवामा नाम र थर निकाल्ने आस जस्तै।

लोकसेवा दिएको तीन पल्टमा चाहिँ केही हुन्छ कि भन्ने झिनो आस बाँकी नै थियो। तेस्रो चोटिमा निसाना पक्कै लाग्छ भन्ने कुरा लक्कुढाल खेलेर सिकेको ज्ञान अझै ताजै छ।

सँगै पढेका अलिअलि दाम हुनेहरू अस्ट्रेलियातिर हानिए। सोर्स हुनेहरु केही आइएनजिओतिर छिरे। न सोर्स न दाम हुनेहरू म जस्तै लोकसेवा-लोकसेवा भन्दै फुक्ने उमेरमा सुकिरहेका छन्। लाग्छ, नाम ननिस्केर भन्दा पनि हामी तनावले ख्याउटे भएका हौं। त्यही तनाव पोख्न ख्याउटे समूह नै बनाएका थियौं फेसबुकमा।

धेरै जनाको पीडा एउटै भएपछि मनले चित्त बुझाउँदो रै'छ। अनि लाग्छ, जिन्दगी भनेको यही मनलाई खुसी पार्नु हो। चित्त बुझाउनु हो। चित्त बुझाउन अर्का योगी विकासानन्दले सहयोग गरेका छन्, नत्र उहिल्यै बिहानीको किरणसँगै अखबारमा खबर छापिएको हुन्थ्यो होला।

Ncell 2
Ncell 2
nimb
nimb

***

लक्कुढालमा तीन पटक लगाएर ढुंगा ढाल्न सफल भएजसरी नाम निकाल्न सफल भइयो। तर, अन्तर्वार्तामा चिप्लियो।

अन्तर्वार्ता नभई भाग्य चिप्लिएको भान भयो। भाग्य चिप्लिँदा अक्सर मन हतास हुँदो रै'छ। मन थेच्चारिँदा पनि हाँस्न मन लागिरहेछ। हा हा हा। विकासानन्दकै भूत चढेको हुनुपर्छ।

देशमै केही गर्ने भनेर सँगै पढेका हामी तीनै जना देशभक्तहरुको भाग्य चिप्लियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

- 'अब के गर्ने यार?' बाले बोल्यो।

- 'लोकसेवामा नाम निकालेर कर्मचारी हुनुभन्दा चट्ट लगाएर बिहे गर्ने, गृहमन्त्रीको पति भएर बस्ने हो', तनावमा मजाकको शैलीमा सुदीपले उत्तर फ्याँक्यो।

- 'अनि सुदीप सरकार, सरकार चैं कसरी चलाइन्छ त? बा-आमाबाटै कर असुली गर्ने भयौ कि क्या हो !' सम्झाउने भावमा एक वाणी पेल्छु।

- 'राजा ! कर्कट राशि हो मेरो। गृहमन्त्री आएपछि भाग्य चम्किन्छ रे ज्योतिषीले भन्या', ज्योतिषीमा बढी नै विश्वास गर्ने सुदीप बोल्यो।

- 'लोकसेवामा'नि नाम थर दुवै निस्केछ नि सरकारको उसो भए! ऊ भित्तामा टास्याँ छ हेर त सुदीप पाण्डे। हा ! हा ! हा !' बाले जिस्किन खोज्यो।

रत्नपार्कमा उसले हात हेराएको रहेछ। सरकारी जागिरको योग रहेको बताउँदै ज्योतिषीले ढाडस दिएको कुरा सुदीपले लिखितमा नाम निस्किएपछि भनेको थियो।

बालेको जवाफपछि सुदीप चुप भयो। चुपचाप हामी पनि भयौं। अन्तर्वार्तामा चिप्लिएपछि चुपचाप  नहुनुको विकल्प पनि थिएन।

- 'के गर्ने त अब?' सुदीपले मुख फोर्‍यो।

- 'अब प्राइभेट जिन्दावाद!' बाले बोल्यो।

- 'अनि म? थाहा छैन', भित्रभित्रै बरबराउँछु।

- 'रात पर्‍यो?, अब छुटौं होला', म बोलेँ।

- 'के गर्ने भनेर निष्कर्ष कहिले निकाल्ने?' बाले बोल्यो।

- 'अब भोलि यहीँ भेटौं।' 

एकै स्वरमा 'हुन्छ' निस्कियो।

- 'हाम्रो त गोजी टकटक्याउँदा धूलो मात्र निस्किन्छ, पैसा त परको कुरा। बाले तिमी देऊ है।'
उसले 'नाइँ' नभनी दियो। 

- 'यस्ता साथी कहाँ पाउनु!' म उसलाई फुर्क्याउँछु।

- 'त्यही भन्या', सुदीप हाँस्यो। बाले मुस्कुरायो र हामी त्यहाँबाट छुट्टियौं।

***

बाटोमा हिँड्दा नानाथरी कुराले तनाव भइरह्यो। कोठामा पुगेँ, तर मन अन्तै कतै छ। केही गर्ने चाहना, केही बन्ने चाहनामा मन घुमेको छ। यो चाहना मेरो मात्र होइन। बा-आमाको पनि हो, छिमेकीको पनि हो, अनि समाजको पनि।

रातभर निद्रा परेन। दिमागमा विचारहरुको ओइरो लागिरहेको थियो। कुन्नि घान कसले हाल्दै थियो। विचारहरुको ओइरोले म गलिसकेको थिएँ। म मात्र होइन, मेरो नसाहरु पनि थकित थिए। ती थकित नसाबाट देशभक्ति कतिखेर उत्रेछ, पत्तो पाइनँ।

- 'दाइ दिल्लीमा काम पाइन्छ कि पाइँदैन', केही वर्षअघि दिल्ली छिरेका दाइलाई फोन गर्छु।

- 'आउने विचार गरिस् कसो? आइज, काम नपाइने कुरै छैन नि। एक वर्ष जति काम गरेर राम्रै देश जानुपर्छ।'  

हप्ताभित्रै आइपुग्ने वाचा गर्दै फोन काटेँ।

दाइको कुरा सुनेर ठूलो आनन्द आयो। हराएको निद्रा फेरि फर्किएर आयो। तनावमा साथ दिने भगवान् नै हुन् कि झैं मनले ठान्दो रै'छ।

***

बिहानको ११ बजिसकेछ। सुदीपले हानेको फोनको घन्टीले ब्युझिएँ। उसले बोलायो- 'बाले पनि आइसकेको छ, छिटो आऊ।'

आज हामी एउटै कारणले भेला भएका छौं। नत्र अरुबेला हामीलाई भेट्न कारण चाहिँदैन थियो। चिया मगाइयो। पसलेले चुरोट देखाउँदै सोधे। 

'हामी खाँदैनौं', उत्तर फर्काएँ। धूवाँ उडाउँदै गरेकी एक युवतीले घुरेर हेरिन्।

- 'के गर्ने भइयो त?' बाले बोल्यो।

- 'म चैं गाउँ जाने हो। गर्लफ्रेन्डले बिहे गरम कि गरम भनेर किचकिच गर्दै छे। बिहे हान्दिने हो केटा हो! अनि काम खोजूँला। कति तनाव लिनु!' सास नरोकी सुदीप बोल्यो।

- 'भनेसी भाग्य चम्किने आस अझै छ राजाको!', म बोल्छु।

ऊ हाँस्छ र फिल्मी शैलीमा बोल्छ, 'अरे यार सास हे तो आस हे।' लगत्तै मलाई सोध्छ, 'अनि तिमी के गर्ने भयौ त?'

- 'अब दिल्लीतिर लागेर अर्को वर्ष कंगारुको देश जानुपर्ला भन्ने योजना बन्यो', म बोल्छु।

- 'ओहो! देशभक्त बाबुको देशप्रतिको प्रेम कता चिप्लियो?' बाले प्रश्न गर्छ।

सुदीपले पनि सांकेतिक प्रश्न गर्छ। लाग्छ, उत्तर जान्नकै लागि उनीहरुको मन तड्पिरहेको छ।

- 'बाध्यताको लात परेसी देशभक्ति मर्दो रै'छ केटा हो', म सिरियस हुन खोज्छु।

- 'भाँडमे जा देशभक्ति', बालेले क्रोध निकाल्न खोज्यो।  

- 'अनि बाले तिमी चैं के गर्ने भयौ?' म प्रश्न गर्छु।

- 'अन्तर्वार्तामा एउटा बैंकले बोलाको छ। केही होला कि भन्ने आस छ। नभए कंगारुको देश जिन्दावाद!', उसले सजिलै भन्यो।

- 'केटाहरुले देशभक्ति पोलेर नै खाएछन् नि', सुदीपले आफूमा देशभक्ति बाँकी रहेको देखाउन खोज्यो।

- 'अब आफू बन्ने हो', म स्वार्थी हुन खोज्छु।

सुदीपले पनि कंगारुको देश आउन सक्ने सम्भावना बतायो। त्यसपछि हामी एक-अर्कालाई बधाई दिँदै छुट्टियौं। सुरुवाती चरणमा बालेलाई अन्तर्वार्तामा सफल हुने, सुदीपलाई बिहेको लागि अनि मेरो भागमा दिल्लीतिरको बधाई पर्‍यो।

***

साथीसँग छुट्टिनुको एउटा पीडा भए पनि भविष्यको अलिकति टुसा कतै मनभित्र पलाएको थियो । म आफ्नो योजना अनुसार अघि बढेँ।

देश छाड्न मलाई पहिलो पल्ट घर छाडेर काठमाडौं आएभन्दा गाह्रो भयो। देशलाई थाहा दिएर नै म अर्को देश आएँ। थाहा छैन, देशले म हराएकोमा चिन्ता गर्छ कि गर्दैन!

म दिल्लीतिर अघि बढेँ। दाइसित भेट भयो। काम पनि राम्रै पाइयो। दिनभर काम गरेर थकित अवस्थामा रहे पनि नेपाली समाचार हामी अक्सर हेर्थ्यौं। दाइ चाहिँ खासै हेर्न मन गर्दैन थिए।

एकदिन टेलिभिजन हेर्दै गर्दा अचानक मेरो तस्बिरसहित आवाज गुञ्जियो-

'युवा हराएको सूचना ! 

नाम : नितिन आचार्य, गहुँगोरो वर्णको, कसैले फेला पार्नुभएमा ९८४२.... नम्बरमा सम्पर्क गर्नुहोला।'

एकाएक आफू गुमनाम भएको खबर टेलिभिजनमा गुञ्जिँदा म छक्क परेँ। देशले सम्झिँदो रै'छ भनेर एक मनमा खुसी पनि लाग्यो।

साँच्चि, हराएको सूचना कसले दियो ? देशले कि कुनै व्यक्तिले? बा-आमालाई त भनेकै थिएँ। साथीहरुलाई पनि थाहा थियो। बेरोजगारसँग प्रेमिका हुने कुरै भएन। कसले दियो भन्ने कुराले दिमाग फनफनी घुम्न थाल्यो।

'ओइ केटा, सम्पर्क नम्बरमा त तेरै नम्बर छ त। आफैं दिइस् कि क्या हो सूचना? हँ?'  दाइ एकोहोरो प्रश्न सोध्दै थिए।

म केही नबोली फिस्स हाँसी मात्र रहेँ।

प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४  ०६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्