पर्सा- वीरगञ्ज महानगरपालिका-२५, सिर्सियाबाट मकवानपुर मनहरी गाउँपालिका-८ बस्ने २८ वर्षीय रवि घिसिङ र हेटौंडा उपमहानगरपालिका-१, चाइना क्वाटर बस्ने ३१ वर्षीय शुशिल कुमार लामालाई नियन्त्रित लागुऔषध कोरेक्स २६ थान र सरप २ प्याकेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना५०प ३३९० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।