काठमाडौं- मस्तिष्क शिरोघात (ब्रेन स्ट्रोक) बाट पीडित साहित्यकार मनु ब्राजाकीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ।
पाटन अस्पतालको सघन उपचार कक्ष भर्ना गरिएका ७५ वर्षीय ब्राजाकीलाई ‘भेन्टिलेटर’बाट बाहिर निकालिएको छ। यसअघि दुई पटक मस्तिष्क शिरोघातको शल्यक्रिया गराइसकेका ब्राजाकीलाई अझै एक साता चिकित्सकको निगरानीमा राखिने उनका छोरा अमितसिंह भण्डारीले जानकारी दिए।
ब्राजाकीको उपचारका लागि राज्यस्तरबाट थप सहयोग हुनुपर्ने साहित्यकारले आग्रह गरेका छन्। उनको उपचारका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानले ३५ हजार रुपैयाँ उपलब्ध गराएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।